काठमाडौं– स्थानीय चुनावलाई मध्यनजर गर्दै यही चैत मसान्तभित्र सम्पूर्ण लाइसेन्स प्राप्त हतियार बुझाउन केन्द्रीय सुरक्षा समितिले निर्देशन दिएको छ।
गृहमन्त्री अध्यक्ष रहने केन्द्रीय सुरक्षा समितिले ७७ वटै जिल्ला प्रशासनलाई लाइसेन्स लिएर राखिएका हतियार चैत मसान्तभित्र फिर्ता लिइसक्न भन्दै निर्देशन दिएको हो।
आउँदो वैशाख ३० गते हुने स्थानीय चुनावमा लाइसेन्स लिएर राखिएका हतियार पनि चुनौतीपूर्ण हुनसक्ने भन्दै चैत मसान्तभित्र सुरक्षा निकायसमक्ष बुझाउन निर्देशन दिइएको गृह स्रोतले जानकारी दिएको छ।
तोकिएको समयभित्र हतियार नबुझाउनेलाई कानुनअनुसार कारबाही गर्ने समेत भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।