काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आइतबार पनि बस्ने भएको छ। शुक्रबारको बैठक सकिएको र अर्को बैठक आइतबार बस्ने नेताहरुले जनाएका छन्।
शुक्रबार केन्द्रीय समिति बैठकमा प्रदेश समितिका पदाधिकारीहरुले निर्वाचन लक्षित ब्रिफिङ गरेका छन्।
शुक्रबारको बैठकमा प्रदेश १, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश समिति सभापतिहरुले स्थानीय तहको निर्वाचन र पार्टीको अवस्थाका बारेमा ब्रिफिङ गरेका छन्।
शुक्रबारको बैठकमा केन्द्रीय सदस्यहरु कृष्णचन्द्र नेपाली पोखरेल, प्रदीप पौडेल, मोहनबहादुर बस्नेत, कर्णबहादुर बुढा, रमा कोइराला (पौडेल), कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, नैनसिंह महर, गोविन्दबहादुर शाह, दिलमान पाख्रिन, रामहरि खतिवडा, मुक्ताकुमारी यादव, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, जानकी सिंह, प्रा.डा. गोविन्दराज पोखरेल, अजयवावु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, दिनेश कोइराला, सीताकुमारी राना, शान्ति परियारले धारणा राखेका छन्।
बैठकमा स्थानीय तह निर्वाचनसँगै पदाधिकारीको मनोनयन र गठबन्धन लगायतका सन्दर्भमा छलफल हुने भनिएको छ। शुक्रबारको बैठकमा स्थानीय तहको निर्वाचनबारे छलफल भएको र आगामी बैठकमा थप विषयमा छलफल हुने नेताहरुले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।