काठमाडौं– नेपाली कांग्रेसका मधेस प्रदेश सभापति कृष्ण यादवले स्थानीय जनमतका आधारमा गठबन्धन गर्नुपर्ने सुझाव राखेका छन्।
कांग्रेसको केन्द्रीय समिति बैठकमा सभापति यादवले स्थानीय नेता कार्यकर्ताको सुझावलाई ध्यान दिएर पालिकादेखि वडासम्म तालमेल गर्नुपर्ने बताएका हुन्।
‘हामी गठबन्धनमा छौं। साथीहरू गठबन्धनमा जान तयार छन्। तर, स्थानीय तहको राय, सल्लाह सुझाव अनुसार मात्रै गठबन्धन गर्नुपर्छ भन्ने छ’, उनले भने ‘पुराना डाटालाई केलाउने, अहिलेको अवस्थालाई मूल्यांकन गर्नुपर्छ। त्यसपछि गठबन्धन गर्नुपर्छ।’
स्थानीय जनमतलाई आधार बनाई पालिकादेखि वडासम्म तालमेल गरेर जानुपर्ने यादवले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।