काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले स्थानी तहको निर्वाचनका लागि घोषणा पत्र लेखन गर्दा संविधानमा उल्लेख भएको 'शिक्षा र स्वास्थ्य जस्तो विषय नि:शुल्क रुपमा जनताले पाउनु पर्ने अजेण्डाको प्रतिवद्धता' लेखिनु पर्ने बताए।
उनले केन्द्रीय समितको बैठमा 'नि:शुल्क स्वास्थ्य र शिक्षासंगै सर्वशुलभ यातायात, सन्चार र उद्यमशिलता सहितको रोजगार , जनताको अधिकार, कांग्रेसको सरकार' भन्ने नारा अघि सारेका छन्।
महरले संसदीय बोर्ड न्याय संगत देखिनेगरी बन्नु पर्ने र आफ्ना मानिसको मात्र नाम खल्तिबाट बोक्ने प्रवृति अन्त्य गर्ने खालको संसदीय बोर्ड बन्नु पर्ने तथा यो न्याय संगत देखिनुपर्ने धारणा राखे।
उनले पछिल्लो समय जनताको आकर्षण कांग्रेसप्रति बढेको भन्दै 'घर घर जाऔं कांग्रेस जिताऔं' अभियानले साच्चै जनतामा उत्साह ल्याएको बताए।
कांग्रेसको कार्यक्रममा हुने उपस्थिति देखेर एमालेलगायतका पार्टीका नेताहरू छटपटाइरहेको आफूले पाएको उनले बताए।
कम्युनिस्टहरू झुटको राजनीति गर्ने चरित्र उदांगो भएकाले पनि जनताको विश्वास कांग्रेसप्रति रहेको उनले बताए। जनताको त्यो विश्वासलाई आफूहरूले जिवन्त पार्नुपर्ने महरको धारणा छ।
उनले पार्टीभित्र सबैको एकमत बनाएर अन्य दलसँग गठबन्धन गर्नुपर्ने धारणा राखेका छन्। उनले गठबन्धन सिद्धान्तको आधारमा नभएर आवश्यकताको आधारमा हुनुपर्ने बताएका छन्।
'केन्द्रबाट निश्चित मापदण्ड बनाएर स्थानीय आवश्यकतालाई आधार बनाउनु पर्छ। गठबन्धन बनाउनै परे सरकारमा सम्मिलित दलसँग मात्र गरिनुपर्छ,' महरको सुझाव छ। चुनावमा गठबन्धन गर्दा आफ्नै साथी रिसाएर भुइको टिप्दा खल्तीको फुत्किने अवस्था सिर्जना हुन नहुने उनले बैठकमा भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।