काठमाडौं- नेपाली कांग्रेसका नेता बलबहादुर केसीले पार्टीभित्र एकता कायम गरेर मात्रै गठबन्धन गर्नुपर्ने बताएका छन्।
कांग्रेस केन्द्रीय समिति बैठकमा सहभागी केसीले पार्टी एकतावद्ध नगर्ने तर बाहिर गठबन्धन खोज्दै हिँड्न नहुने टिप्पणी गरे।
कांग्रेसभित्र दुई धार भए पनि दुबैपक्षलाई न्यायसंग ढंगले पार्टी सभापतिले व्यवहार गर्नु पर्ने केसीको भनाइ छ। पार्टीभित्र एकता आवश्यक भएको भन्दै त्यो नगरेर गठबन्धन गर्न खोज्नु न्यायसँगत नभएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।