काठमाडौं– पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाललाई तथ्यांकको खेलबाट परिमुक्त गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
भट्टराईले शुक्रबार भएको प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलनमा बोल्दै नेपाललाई तथ्यांकको खेलबाट परिमुक्त गरिदिन अर्थशास्त्रीहरूलाई आग्रह गरेका हुन्।
उनले तथ्यांकले के भन्ने औंल्याउने मात्र बताए। उनले भने, ‘तथ्यांकले किन र कसरी भन्दैन। तर, हामीलाई किन भयो? कसरी समाधान गर्ने भन्ने विषय चाहिएको छ। तथ्यांकले समाधान गर्नेतर्फ लग्दैन। चित्र सत्य भए पनि त्यो अवस्था करिब ४० वर्षदेखि यस्तै अभावमा रहेको छ।’
४०/५० वर्षदेखि किन यस्तो भयो? ४०/५० वर्षदेखि नै नेपालको आर्थिक बृद्धिदर ४/५ प्रतिशतको हाराहारीमा रहेको उनले बताए। भट्टराईले यो बीचमा अन्य देशको आर्थिक अवस्था सुर्धिएको भएता पनि नेपालको अवस्था भने उस्तै रहेको टिप्पणी गरे।
नेपालको तुलनामा भुटान र बंगलादेश धेरै अगाडि बढिसकेको भट्टराईको भनाइ छ। ‘हामी गरिब छौं। बेरोजगार छौं। परर्निभर छौं। आयातमा निर्भर छौं। भएको पुँजी पनि खर्च गर्ने क्षमता छैन’, उनले थपे, भ्रष्टचार छ। अमानता छ। यो सबैलाई थाहा भएको विषय हो। यो किन भयो हाम्रो प्रश्न त्यहाँ हुन आवश्यकता छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।