काठमाडौं– नेकपा एमालेका नेता घनश्याम भूसालले देशको अर्थतन्त्र सुधार गर्न राजनीतिक नेतृत्व नै सुध्रिनुपर्ने बताएका छन्। वर्तमान शासकीय प्रणाली फेर्दा पनि अर्थतन्त्रमा सुधार आउनसक्ने भूसालको भनाइ छ।
काठमाडौंमा आयोजित प्रथम अर्थशास्त्री सम्मेलनमा बोल्दै भूसालले देशको प्रमुख कार्यकारी अधिकृत प्रत्यक्ष निर्वाचित हुने व्यवस्था भएमा पनि अर्थतन्त्रमा सुधार आउने बताए।
सत्तारुढ दल नेपाली कांग्रेस समर्थित केही अर्थशास्त्रीहरुले अर्थतन्त्रमा राज्यको भूमिका कम हुनुपर्छ भनेको उल्लेख गर्दै त्यसले मात्रै समस्या समाधान नहुने बताए। वस्तुगत आधारलाई पहिल्याएर मात्रै राज्यको भुमिका कम वा बढी बनाउने अवस्थामा जानुपर्ने भूसालको भनाइ छ।
‘राज्यको भूमिका कम हुन्छ भनेर कांग्रेसका अर्थशास्त्रीहरुले अस्तित्व देखाउने हो? कम्युनिस्टहरुले राज्यको भूमिका बढाउनुपर्छ भनेर मात्रै हुन्छ? देशको वस्तुगत कुरा केही छैन,’ भूसालले भने, ‘नामुद उदार अर्थशास्त्रीका लेखहरु नियमित पढ्छु र सबैले के कुरा इन्कार गर्दैनन् भने हाम्रो कृषि संरक्षित हुनुपर्यो। उद्योगको संरक्षण हुनुपर्यो। शिक्षा र स्वास्थ्यको जिम्मा राज्यले लिनुपर्यो भनेर सबैले भनेकै छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।