काठमाडौं- सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष तोकेको विरोधमा संस्थापन इतरपक्षले भेलाको आयोजना गरेको छ।
तरुण दल र नेपाल बिद्यार्थी संघको अध्यक्ष नियुक्तको बिरुद्धमा शेखर कोइराला समूहले तरुण र बिद्यार्थी संयुक्त भेला बोलाएको हो। भेला चैत १४ दिउँसो १ बजे अनुपम फुड्ल्याण्डमा बोलाइएको छ।
बुधबार सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई मनोनित गरेका थिए।
उक्त पक्षले आज केन्द्री समिति बैठक अघि पार्टी कार्यालय सानेपामा प्रदर्शन समेत गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।