काठमाडौं–श्रीमती हत्याको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। उदयपुरको कटारी घर भइ बुढानीलकण्ठ चुनीखेल बस्दै आएका २१ वर्षीय भक्तबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो।
घरायसी विवादको क्रममा उनले गएराति श्रीमती २४ वर्षीया लक्ष्मी तामाङ (थापा) लाई मासु काट्ने दाउले प्रहार गरेका थिए । दाउ प्रहारबाट घाँटीको अगाडिको भागमा गम्भीर चोट लागेको थियो।
तत्कालै महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरी टोली उनलाई पक्राउ गरेको हो। घाइतेको भने उद्दार गरी उपचारका लागि चुनिखेलस्थित करुणा अस्पतालमा पठाइएको थियो। उपचारको क्रममा उनको राति नै मृत्यु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।