काठमाडौं– नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले पदभार ग्रहण गरेका छन्।
शुक्रबार सभापति शेर्पाले नेपाल विद्यार्थी संघको सभापतिको पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गर्दै उन संगठनलाई ठीक ठाउँमा राख्न आफ्नो ठाउँबाट सकेको सहयोग गर्ने बताए।
उनले नेविसंघ अब राजनीतिक मुद्दाहरुमा नभइ शैक्षिक मुद्दाहरुलाई अघि बढाउनतर्फ लाग्ने प्रतिवद्धता जनाए।
सभापति शेर्पाले अब नेविसंघले स्थानीय चुनावलाई लक्षित गरी सदस्यता अभियान चलाउने पनि जानकारी दिए। उनले स्थानीय निर्वाचन सकिएको तीन महिनाभित्र नेविसंघको महाधिवेशन गर्नुपर्ने भएकोले सो समयावधिमै महाधिवेशन गर्ने पनि बताए।
त्यस्तै, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेविसंघका निवर्तमान सभापति राजिव ढुंगानाले स्थानीय निर्वाचनलाई लक्षित गरेर पार्टीलाई जिताउन नेविसंघले अब काम गर्ने बताए।
उनले राजनीतिक मुद्दाभन्दा शैक्षिक मुद्दा बोकेर नेविसंघ अब अगाडि बढ्ने बेला भएको बताए।
केन्द्रीय सदस्य ढुंगानाले लामो समय नेविसंघको नेतृत्वलाई लिएर उमेर हदको कुरा चलेपनि अबको नेतृत्वले युवाअवस्थामै नेतृत्व लिन सफल छौँ भन्ने सन्देश दिने गरी काम गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।