काठमाडौं- नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनप्रति असन्तुष्ट पक्षले कांग्रेस पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेको छ।
शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक अघि असन्तुष्ट पक्षले बिरोध प्रदर्शन गरेका हुन्।
बुधबार सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई मनोनित गरेका थिए।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको म्याण्डेटअनुसार भ्रातृ संस्थाको तदर्थ समिति गठन गर्दा परामर्श नगरेको र आफ्नो समूहलाई पेल्न खोजेको भन्दै नेता शेखर कोइराला पक्षले बिरोध गरेको थियो।
कोइराला पक्षले व्यक्तिमा भन्दा पनि प्रवृत्तिको बिरोध भएको जनाएको छ। देउवाले ४० प्रतिशत मतलाई वेवास्ता गरे प्रतिवाद गरेर अघि बढ्ने चेतावनी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।