• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस ९, २०८२ Wed, Dec 24, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली
क्लासिक कथा

एक दिनको सामान्यता

इन्द्रबहादुर राई शनिबार, चैत १२, २०७८  २१:४६
1140x725

'मूलाको बीउ तिमीले पातलो छरेछौ, माया,' मैले भनेँ। कुटेमा टासिँएको माटो सुकेको बाँस सिन्काले कोट्याउँदै थिएँ मैले।

'अस्तिको झर्को पानीले हुन त सबै भररर उम्रेछ।'

कान्लामा उम्रेका खरुकीलाई दोबारेर म त्यहीमाथि बसेको थिएँ। सिमीको बीउ ऐले मैले रोपिसकेर खाली भएको झोला ओछ्याई ऊ बसेकी थिइन्। थकाइ मार्दै थियौँ। लगत्तै तल्तिरको लामो-लामो दुई गह्रामा मुला ठाउँ-ठावैँ उम्रेको थियो, नयाँ खनेको माटोमा दुई-पात तीन-पात भैसकेको थियो।

'झरीले बगायो अलिक बीउ, तर हाम्रो कुखुरैले राख्दिँदैन।' भनिन् मायाले– 'त्यो नौवटाको माउ यतै मात्रै झर्छ।'

'अँ, त्यो झर्छ…'

'एकछिन हेरेन भने पाखै खोस्रिसक्छ।'

'आज दिन कति गरम हकि ? मकै सुक्ने घाम।'

'बीउको दाम उठ्छ।' मायाले मूलाकै कुरा गर्दै थिइन्।

Ncell 2
Ncell 2

'के भनेँ मैले ऐले तिमीलाई?' क्रोधको अनुकरण गरेँ मैले।

'के भन्यौ र, घाम लाग्यो भन्यौ, मकै सुक्छ भन्यौ।' माया कमजोरीसँग हासिन्।

'अब एक हप्ता घाम लागिदेओस् यसरी,' भनेँ मैले- 'हाम्रो मकैहरू सबै सब सुक्छ, काँक्राको चिचिलाहरू ठूलो हुन्छ, हाँगाभरि झुन्डेको रूख-रामबेडाहरूमा रङ चढ्छ।'

'मेरो ओथ्रा बसेको दुवै पोथीले चल्ला निकाल्छ, म आलु खनाइसक्छु, तिमीले आज रोपेको सिमीहरू उम्रिसक्छ।' उसले पनि थपिन्।

'दशैँ आउनु डेढ महिनामात्रै रहन्छ, नानीहरूलाई लुगा किन्दिइसक्नुपर्छ, म मेरो तलब पाइसक्छु, हजुरलाई कान्जिबेरम ल्याइदिइसकेको हुन्छु।'

माया हाँसिन्। 'ऊ... पर बिरुवाहरू रोपिसकेछ।'

पल्लो बारीको डाँडामा सनवीरको बाबु बिसाएर कटुवा बेर्दै थियो। बिरुवा रोपिसकेछ होला।

'आफ्नै सानो जङ्गल हुनुपर्छ प्रत्येक मानिसको। आफ्नो गाईलाई त्यहाँ घाँस काटौँला, आफ्नो घरलाई त्यहाँबाट दाउरा ओसारौँला भनेर होइऩ। गाउँघरकोहरूले मागिहाल्छ, दिनुपर्छ, चोरिहाल्छ, कराइटोपल्नुपर्छ भनेर। सांसारिकता। त्यहाँ साँपको मकैहरू उम्रिन्छ, हाम्रो केट्‍केटीहरू हेरेर डरावस्, असिलो फल्छ काँडैभरि, चारैतिरकोहरू जम्मा होस्।'

'दुई दिन भयो यसरी घाम लागेको।' मायाले भनिन्।

साँच्चै राम्रो घाम लागेको थियो, चारैतिर न्यानो बनाएर, एकै गब्रा तल झरे हपहप्ती अझै बढिहाल्ने। हावा आज खोल्सैखोल्सा उकालो बग्थ्यो न कसो, अम्लिसो, अँलैछी र मानेका पातहरू हल्लिरहेका थिए। यता हावा छेलेर उभिएको मकैको बोट प्रत्येकले दुई-दुई घोगा बोकेको छ।

'मकै यो साल राम्रो भयो हाम्रो।' मैले भनेँ – 'मुसाले र कागले पनि आएर खाँदै रैछ।'

मेरो आँखा बारीमा तलतलसम्म पुग्यो।

'गृहस्थी धर्म सबभन्दा राम्रो अरे, हामीलाई बोजूले भन्थ्यो। साधुसंन्यासी भएर गएर पनि त्यसले मागेर खानुपर्छ अरे, गृहस्थीले मत्तै मान्छेदेखि लिएर देवता, चरामुसासम्मलाई खुवाउँछ।'

धर्मको यो टुक्राले मलाई ध्यानमग्न पारेछ।

'होला।' मैले भनेँ- 'तर त्यस्तो गृहस्थी धर्म पालन गर्नुलाई चोरदेखि बचाउनुपर्छ। ढुङ्गाले हान्नुपर्छ चोर्नेलाई।'

'पारि साहिँला दाज्यू बिचरा दिनभरि मकै रुङ्दै छ। आइतवार पनि रुङिबस्छ।' मायाले बताइन्- 'एकैछिन बाँदर छिर्नु पायो भने सखाप पार्छ मकै।' मायाले पारि साहिँला नेवारको बारी देख्‍नलाई हेरी। हाम्रै बारीको भित्ताले छेल्थ्यो।

'उसको मुखैमा पर्छ। उसको सकेर मत्तै बाँदर हाम्रोमा आउँछ।' मलाई ढुक्क थियो।

'सनवीरको बाबुले बिरुवा साँच्चै रोपिसकेछ। हाम्रो केटाकेटी पनि पुगेछ।' मायाले देखिछन्।

हरियो र सेतोहरू फलाकफिलिक मैले पनि देखेँ।

'त्यसले चाहिँ कमिजै नलगाई पुगेछ।'

'बिरुवा त रोप्यो तर चाँपको बिरुवा ल्याइदिएछौ ज्यादा।' मायाले भनिन्।

'नफुल्ने चाँप पनि छ, त्यसको हुन्छ घाँस।' मैले भनेँ, 'तुसारेहरू थुप्रै यै बेला कलम काट्दै सार्नुपर्ने। सर्छ होइन?'

'तुसारे के गर्नु सारेर? हिँउदोलाई घाँसै हुँदैन त्यो, सब पात अग्घि नै झरिहाल्छ। बर्खामा हरियो हुन्छ तर भुइँघाँसै थुप्रै पाउँछ। घाँसको लागि गगुनै राम्रो।'

'गगुन राम्रो।'

'गगुन शोभा पनि हुन्छ बारीको।'

हाम्रै मास्तिर एक रूख गगुन उभेर कुरा सुनिरहेको रहेछ। आकाशको उज्यालो निलो देख्‍नै नदिने बाक्लो थियो त्यो।

'सुन्दरता यो गगुनको खास केमा छ, भन त मलाई' मैले पनि हेर्दै सोधेँ।

'पात अचम्मै बाक्लो छ, त्यै होइन यसको राम्रो?' मैले नै सोधेँ।

'डन्ठीदेखिको रातो रेखा पातको मुनिमुनि उकालो गएको छ, हेर न, सप्पै पातको। त्यै मन पर्छ मलाई यसको।'

कति क्षण बितेर गयो।

'ऊ यता हेर,' मैले सिक्किमपाखातिर देखाएँ – 'त्यै चुचुराको उता देन्जोङ पर्छ। बादलहरू, हेर न, घुमेको त्यहाँ, कति राम्रो।'

आफ्नो रुग्णता ममा अढेसाएर त्यतै मायाले पनि हेरिन्।

'त्यसलाई कथामा लेखे कसरी लेख्छु होला, भन त।'

“कुन्नि त।”

'पर्वतले काखमा बादलका बच्चाहरू थुपारेका…। भएन हकि?'

'अहँ, भएन त्यस्तो।' हाँसिन् माया।

'बादल (घाउटे इच्छा) ढुङ्गाभित्र पसेर ढुङ्गाभित्रै लुकिबस्न चाहन्छ…।'

'डेलीको पेन्टिङ?' सोधिन् उनले। 'अस्ति हेरेको?'

मैले उद्योग छाडिदिएँ।

टाढा-टाढा अरूका बारीहरू पनि हेर्‍यौँ। पानीका लहरझैँ काटिएका गह्राहरू, माटो र घाँसका गह्राहरू।

'बाँसको झ्याङ हाम्रो कतिवटा छ?' सोधेँ मैले कताबाट।

'बीसवटा छ।'

'अट्ठाइस झ्याङ परेङ छ। त्यो मसिनो फिरफिरे पात भएको पोहोर ल्याएकोसँग उन्तीस।'

'त्यो सर्‍यो र?'

'किन सरेन?'

'मलाई फूलबारीको त्यो बाँस मन परेको थियो, चार पाटा परेको, एक घर पहेँलो, एक घर हरियो भएको, मलाई त्यो मन परेको थियो।'

'तलाउको छेउको?'

माया हाँसिन्।

'त्यस्तो म ल्याइदिन्छु तिमीलीई।'

'पह्रारै देखाएकी मैले।' मनमा आशा राखेर उसले निराशा देखाई।

'नेभारा चैँ नरोप्नु रैछ। अलिकति ठूलो हावा हरर आयो कि ठङ्ग-ठङ्ग हाँगा र धडै भाँचिन्छ। गैह्राको दुई रूखमात्रै राम्रो छ।'

'हिजोदेखि रेणुकाको आमा पनि छैन।' मैले नै फेरि भनेँछु, 'लास उठाउने बेलामा घरको छोराछोरीहरू के कहालिएर नमीठो रुन्छ, म त्यै बेलाको रुवाइसँग साह्रै भय लाग्छ।'

म घोरिएर रोकिएँ।

'रुन्छ त छोराछोरीहरू।' मायाले भनिन्।

'त्यस दिन छोराछोरीहरू साह्रै गरी रून्छ, लोग्ने चुपचाप जस्तै सबै सहन्छ। तर नानीहरूले भोलिदेखि भुल्दै गरएर दिनदिनै अलिअलि धेर गर्दै हाँस्न थाल्छ, पछि रुनै बिर्सिन्छ।, कारण जीवन समग्र प्रतीक्षा र रहरको कुम्लो बोकेर अघिल्तिर आई उनीहरूलाई पर्खिरहेको हुन्छ। तर त्यो हिजो नरुने लोग्नेलाई राती आज अर्काले भात पस्किदिँदा स्वास्नीको याद आउँछ, सुत्‍न तरखर गर्दा याद आउँछ, बिहान उठेर एकछिनमा त्यो छैन भनेर याद आउँछ, काम गर्दागर्दै बाहिर याद आउँछ, घरभित्र बसेपछि याद हुन्छ। आफू नमरुन्जेल ऊ यसरी झस्किरहन्छ।'

'जीवनको बाध्यताले मात्र अब ऊ बाँच्दछ,' मैले नै भनेँ।

पारि कमानतिर घाम फिँजिएको थियो, हरियोहरू सब उज्यालो भएको घाम।

ससानो बाटो र गोरेटोको रेखाहरू घरहरूको झुरुप्पदेखि तलतिर झरेका थिए, किरिङमिरिङ कोरिएर एउटा रेखा ठूलो गोलाइ मारेर आठ-दस रूखहरूको पोथ्रामा पस्थ्यो- गाउँको धारा होला त्यहाँ। अर्को एउटा बाटो गाउँदेखि आफैँ उकालो लागेर माथिको जङ्गलमा जान्थ्यो, दाउरा लिन। तीन ठाउँ कमानलाई ठाउँ-ठावैँ ठाडो चिर्दै बर्खाको सेतो खोलाहरू झरेको छ। खोलाका सेता टुक्राहरू ओह्रालै खस्दै-खस्दै आएका छन्, मुनि ठूलो खोलाको आवाज डाँडाहरूको फेद थर्काएर बज्छ। यो एक ठाउँ वनभित्र छाँगोभित्र छाँगो भएर खस्छ यहाँ, वर्षैपछि बर्खामा म यहाँ यसलाई खोज्छु।

'ऊ त्यहाँ पानी खसेको पनि देख्छ, हेरिबस्दा,' उनले पनि त्यहीँ देखाइन्।

निद्रित क्षणजस्तो पर्खिरहँदा पानी चल्मलाएर खस्दथ्यो बिस्तारै। हर्ष उकालो आउँथ्यो।

नजिकमा आएर अब मैले भनेँ- 'यो वर्ष बारीमा भटमास राम्रो छ हाम्रो, मकै सबैको भन्दा सर्वश्रेष्ठ, सयपत्री छैन, आलु हाम्रो सब हौसियो।'

'तिमी ठूलो मान्छे, म बिमारी,' भनिन् मायाले। पसिना आएर अलिअलि आज रातो चढेको उसको अनुहारमा हेरेँ उनी जीवनलाई गम्भीर मानेर थाकी अब जिस्किरहेकी थिइन्- 'म यो एक डाँख्ला ठोट्ने, एक मुठी चरिअमिलोले जोरो बोलाएर…..दैलोमा निस्केर आधा मिनट भिजेर मर्नसक्छु।'

'चामेकी स्वास्नी गौँथली साह्रै मुखाले थिई। सीधा मुखले कुरा गर्‍यो भने पनि बाङ्गा-बाङ्गा कुरा झिकेर निहुँ खोज्थी…,' मैले दोहोर्‍याइदिएँ।

माया हाँसिन्। मेरो अभियोग बढ्ता थियो र त्यै बढ्ता जतिको सामना गर्न नसकेर हाँसिन्। दुर्बलता। माया लाग्यो।

कुइरोको ठूलो जालो ठाउँ-ठाउँ फाटेको हेर्दाहेर्दै ठाडो उडेर आएर चलिरहेकै टाँगियो।

'चिसोमा नबस धेरै, जाऔँ,' मैले भनेँ।

'गरम भयो मलाई त,' भनिन् उनले।

म पहिला उठेँ अनि मेरो पाखुरा तानेर ऊ पछि उठिन्।

'तिम्रो एसिडेन्थिरा भन्ने ऊ त्यहाँ पनि फुलेछ,' मन्तिरको डिलमा लामो हरियोको वक्रमा सेतो फुलेको चारपत्रा लच्कँदै हल्लँदै थियो, हावाभित्र तीखो वासनाको सुर्को उडेर आउँथ्यो।

'राम्रो-राम्रो धुपीहरू सारेकोछु मैले,' मैले बारीभरि हेर्दै भनेँ- 'त्यहाँ पर नस्पातीको बोट ठूलो भएको छ, उः त्यो मेल आघौँ सालदेखि फल्छ, ठूला खालको किम्बु ऊ त्यो कसैलाई काट्न नदिनू।'

हामी बिस्तारी ड्याङै-ड्याङ फर्किन लागिसकेका थियौँ। उँधो निहुरेका अम्लिसोका पातहरू पन्साउँदै, आफूभन्दा अग्ला मकैका बोटका घारीभित्र हराउँदै आउन थाल्यौँ।

'पर्ख है, म मकै लान्छु,' रोकिएर यहाँ मायाले मकै हेर्न थालिन्, सुकेको जुँगाहरू हेर्न थालिन्। मैले पनि लम्केर दुइटा पुड्का भाँचिदिएँ।

अलि माथि आइपुग्दा मैले भनेँ- 'बरदान लेऊ। सधैँ मलाई खुसी पार्न चाहन्छ्यौ भने यसको अचार दिनू।' जीउभरि र पातभरि रातो काँडा खिलेर कलकलाउँदो टिम्मुर उभिबसेको थियो।

'यसलाई बढ्न दिनू।'

'तिम्रो मनमत्रै…'

'आज तिहुन के छ?' सोधेँ मैले।

'कोपी, ऐले देशपदलाई पठाउँछु, काटेर ल्याउँछ।'

'कुख्रा नखानु?'

'कुन चैँ?'

'पाङ्‌रे भाले, कौडे।'

'काट।'

अघिअघि सालमा मकै बोकेर हिँडिरहेकी उनलाई मैले अनि फर्काएर भनेँ- 'हामी दुई शाहजादा-शाहजादी, प्रजा जनसाधारणको हालत र दुःख र सुख कस्तो छ त्यो बुझ्नु, महसुस गर्नु, हामी दुई आएका थियौँ। गुप्तभेषमा बसेर बाह्र वर्ष सबै बुझ्यौँ। अब ज्यादा यो बर्दास्त गर्न सकिन्न। फर्कौँ आफ्नै राजमहलतिर।'

हाँसिन् माया बिस्तारी।

'भन्ने थिएँ,' उनले भनिन्– 'तर भन्दिनँ, होस्।'

०००

आँगनमा आइपुग्दा मास्तिरको मधु, अल्पना सब आएर आँगनमा कोठे रिङपाट खेल्दै रहेछन्। सानी छोरीको ताली खोसेर मैले कोठा मार्दै गएँ।

आमा राइट ……?'

आँखा चिम्म गरेको छु, चकमन्न छ, भन्दिनेलाई पर्खिरहेको छु।

प्रकाशित मिति: शनिबार, चैत १२, २०७८  २१:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रास्वपा सचिवालय बैठक : समानुपातिकमा छुटेका आकाङ्क्षीलाई पुनः अवसर
राप्रपा र राप्रपा नेपालबीच फेरि एकताको सहमति, लिङ्देन र थापाबीच अंकमाल
राप्रपा र राप्रपा नेपालबिच एकता गर्ने सहमति
सम्बन्धित सामग्री
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
पहिचान सम्मान काइँला र पहिचान युवा सम्मान राईलाई रु पाँच लाख दुई हजार दुई राशीका सम्मान वरिष्ठ साहित्यकार÷मुन्धुमविद् एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति काइँलालाई प्रदान गर्... शनिबार, मंसिर १३, २०८२
ताजा समाचारसबै
रास्वपा सचिवालय बैठक : समानुपातिकमा छुटेका आकाङ्क्षीलाई पुनः अवसर बुधबार, पुस ९, २०८२
राप्रपा र राप्रपा नेपालबीच फेरि एकताको सहमति, लिङ्देन र थापाबीच अंकमाल बुधबार, पुस ९, २०८२
राप्रपा र राप्रपा नेपालबिच एकता गर्ने सहमति बुधबार, पुस ९, २०८२
प्रदेशको समानुपातिक सूचीमा रहेका १९ जनाको नाम हटाउने काँग्रेसको निर्णय बुधबार, पुस ९, २०८२
वडा र क्षेत्रपछि केन्द्रीय महाधिवेशन गर्न काँग्रेस बैठकमा गगन थापाको नयाँ प्रस्ताव बुधबार, पुस ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
रवि र बालेनबीच ६ घण्टा लामो छलफलमा के के भयो? मंगलबार, पुस ८, २०८२
जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलायो मंगलबार, पुस ८, २०८२
सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्