• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

निर्वाचन आयोगप्रति किन खनिँदैछ एमाले?

64x64
किशोर दहाल सोमबार, चैत ७, २०७८  २१:४७
1140x725

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगका निर्णयलाई लिएर केही समययता लगातार आशंका व्यक्त गरिरहेका छन्। सार्वजनिक सम्बोधन र पार्टीका बैठकमा उनले तीन सन्दर्भलाई लिएर आशंका व्यक्त गरिरहेका छन्। पहिलो, निर्वाचन चिह्न हरियो बनाउने निर्णय। दोस्रो, उम्मेदवारको मनोनयन पत्र दर्ताका लागि दिइएको दुई दिनको समय। तेस्रो, उम्मेदवारको मनोनयन दर्ता गर्नुअगावै (जनप्रतिनिधि भएमा) स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था।

निर्वाचन आयोगले फागुन २३ गते विज्ञप्ति निकालेर निर्वाचन चिह्नको रङ हरियो हुने निर्णय सार्वजनिक गरेको थियो। त्यसपछिका आफ्नो सम्बोधनमा ओलीले लगातार असन्तुष्टि जनाइरहेका छन्। निर्वाचन चिह्नको रङ हरियो गर्ने निर्णय कांग्रेसलाई सहयोग पुर्‍याउने उद्देश्यबाट प्रेरित छ भन्ने उनको भनाइ पाइन्छ। सोमबारकै एमाले पोलिटब्युरो बैठकमा उनले यो विषयमा आयोग र गठबन्धनका दलहरुबीच साँठगाँठ भएको ठोकुवा गरेका छन्।

उम्मेदवारको मनोनयनका लागि दिइएको दुई दिनको समय (वैशाख ११ र १२) प्रति पनि ओलीको आपत्ति छ। आइतबार इलाममा सम्बोधन गर्दै उनले भनेका थिए- 'दुई दिन किन चाहियो? पाँच दलीय गठबन्धनमा खटपट गरेर एक दिनमा नभ्याइन सक्छ, कुरो नमिल्न सक्छ। भोलिपल्ट पनि राखिदियो। पहिले पहिले तपाईंहरुले थाहा पाउनुभएको छ, सुन्नुभएको छ, देख्नुभएको छ दुई दिन मनोनयनका लागि दिएको? मनोनयन एकै दिन हुन्छ, जहाँ पनि। विश्वभरि मनोनयन एकै दिन हुन्छ। नेपालमा दुई दिन मनोनयन। पाँच दलीय गठबन्धनको खटपट मिलाउने काम निर्वाचन आयोगको हो?'

आयोगले आचारसंहितामा राखेको उम्मेदवार मनोनयनअघि पदाधिकारीले राजीनामा दिनुपर्ने व्यवस्थाप्रति पनि ओली आक्रामक छन्। स्थानीय तहमा आफूहरुको बर्चस्व भएकाले यस्तो व्यवस्था राखिएको ओलीको बुझाइ छ। 'यसमा सोझै देखिन्छ, केन्द्र र प्रदेशहरुमा गठबन्धन सरकार छँदैछ। त्यसैले त्यहाँ राजीनामा गरिरहनु नपर्ने भयो। तर, स्थानीय तहमा गठबन्धनको बर्चस्व छैन भन्ने उहाँहरुलाई लाग्यो। त्यसकारण त्यो रिक्त गर्नुपर्छ र पदमा रहे अनुसार नै जान दिनुहुँदैन। स्थानीय तहको सरकारको कार्यकारिणीलाई रिक्त गर्नुपर्ने योभन्दा अर्को कुनै तात्विक अर्थ, आवश्यकता वा औचित्य कतैबाट पुष्टि हुनै सक्दैन', सोमबारको पोलिटब्युरो बैठकमा ओलीले भनेका थिए।

चर्चामा रहेका विषय तीनवटा भए पनि आयोगप्रति ओलीको चरम अविश्वास देखिन्छ। कुनैबेला आयोगको बचाउमा देखिँदै आएका ओलीले अहिले आश्चर्यजनक रुपमा सार्वजनिक रुपमै आयोगलाई लाञ्छित गरिरहेका छन्। आयोगले यस्ता निर्णयहरु गर्नुअघि दलहरुसँग परामर्श नगरेको बरु सत्ता गठबन्धनसँग साँठगाँठ गरेको उनको आरोप छ। आइतबार इलाममा भाषण गर्दै उनले आयोगले निष्पक्ष भएर काम नगरिरहेको आशयका साथ निष्पक्ष भएर काम गर्न भनेका थिए। आयोगले कांग्रेसलाई अनुकूल हुने गरी निर्वाचन चिह्न हरियो बनाएको उनले त्यहाँ पनि दोहोर्याए। 'यस्ता कुराहरुमा निर्वाचन आयोगले दलसँग परामर्श नगर्नु उचित होइन', सोमबार बसेको एमाले पोलिटब्युरो बैठकमा ओलीको भनाइ थियो, 'यसको लक्षण निर्वाचन आयोगको क्रियाकलाप उही भरतपुर काण्ड, उही सिरहा काण्ड उस्तै देखिने त होइन, या उस्तै हुँदै जाने त होइन? यो देखिँदै आएको छ।'

एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ आयोगका केही गतिविधिले आफूहरुलाई सशंकित बनाएको बताउँछन्। 'मतपत्रको रङदेखि यो विषय सुरु भयो। त्यसपछि आचारसंहिताको नाममा पदाधिकारीले राजीनामा गर्नुपर्छ भन्ने कुरा आयो। त्यस्तै, मनोनयनका लागि दुई दिन समय छुट्याइएको छ। यस्ता विषयहरु क्रमिक रुपमा आउन थाल्यो', नेपाल लाइभसँग कुरा गर्दै उनले भने, 'त्यसैले आयोगको गतिविधि शंकास्पद छ। यदि आयोग यही ढंगले जान र धाँधली गरेर अगाडि जान खोज्यो भने हामी चुप लागेर बस्दैनौँ। यसको जवाफदेही सरकार र निर्वाचन आयोग हुनुपर्ने हुन्छ।'

एमाले संघीय संसद्को सबैभन्दा ठूलो दल हो। प्रमुख प्रतिपक्षी पनि हो। स्थानीय तहमा पनि उसकै बर्चस्व छ। उसैले निर्वाचनको मुखमा निर्वाचन नै निष्पक्ष हुने कुराप्रति सन्देश व्यक्त गरिरहेको छ। जसलाई निर्वाचन आयोग वा सरकारले विश्वस्त पार्न सकेका छैनन्।

निष्पक्ष निर्वाचनलाई लिएर एमालेले व्यक्त गरिरहेको आशंकाप्रति आयोगको प्रतिक्रिया के छ त? प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया भन्छन्- 'यस्तो विषयमा के प्रतिक्रिया दिनु? आयोगले निष्पक्ष निर्वाचन गर्छ भनेर भनिराख्नुपर्ने विषय होइन। आयोगले कसैसँग साँठगाँठ गरेको छ भनेर कसैले भन्दै हिँड्यो भन्दैमा आयोगले नगरेको कुराको कसरी जवाफ दिँदै हिँड्नु? यस्तो कुरा निर्वाचनले पुष्टि गरिहाल्छ।'

Ncell 2
Ncell 2
nimb
nimb

त्यसो त, ओलीले उठाएका तीन वटै विषयमा आयोगले आफ्नो तर्फबाट प्रतिक्रिया व्यक्त गरिसकेको छ। हरियो रङको मतपत्र प्रयोग गर्ने निर्णय गर्नुका पछाडि विगतको अनुभवबाट सिकेको र सुझावहरुको कार्यान्वयन गरिएको आयोगको प्रतिक्रिया छ। यसलाई उसले प्राविधिक विषय भएको बताइरहेको छ। 'गणना सुरु गरिसकेपछि दिन र रात पूरै गन्नुपर्छ। रातको समयमा बत्तिको लाइट मधुरो हुने र गणना गर्दा स्वस्तिक छाप लागेको हो कि होइन, छुट्याउन पनि गाह्रो पर्ने हुन्छ। कतिपय स्वस्तिक छाप निर्वाचन चिह्नमा पर्‍यो भने, निर्वाचन चिह्नका रङ गाढा तर स्वस्तिक छापको रङ मधुरो हुँदा छाप लागेको पनि हो कि होइन, पहिचान गर्न गाह्रो भएको हुनाले मुख्यतः रङमा भिन्नता गर्ने उद्देश्य राखिएको हो', आयोग प्रवक्ता शालिग्राम पौडेल भन्छन्।

मनोनयन गर्नुअघि अहिलेका पदाधिकारीले राजीनामा गर्नुपर्ने प्रावधान राख्नुको पछाडि आयोगले दुईवटा कारण तेर्स्याएको छ। पहिलो, निर्वाचनमा सबै उम्मेदवारले समान हैसियतमा प्रतिस्पर्धा गर्न सकुन्। 'जो पदमा बहाल हुनुहुन्छ, उहाँहरु र पदमा बहाल नरहेको व्यक्तिले निर्वाचनमा प्रतिस्पर्धा गरिरहँदा बहाल रहेको पदाधिकारीले राज्यको स्रोत साधनलाई उपयोग गर्न सक्ने सम्भावना रह्यो। त्यसो हुँदा त्यहाँ स्वच्छ प्रतिस्पर्धा नहुनसक्छ। त्यो स्थिति देखेर आयोगले राजीनामा गर्नुपर्छ भन्ने आचार संहितामा प्रावधान राखेको हो', सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा पौडेलले भने।

दोस्रो, स्थानीय तह निर्वाचन नियमावली २०७३ को अनुसूची १ (थ) मा रहेको सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने कुनै लाभको पद धारण गरेको छैन भन्ने व्यवस्था अनुसार मनोनयनअघि राजीनामाको व्यवस्था राखिएको आयोगको भनाइ छ।

'यो २०७३ सालमा बनेको कानुन हो। त्यो बेलामा पदाधिकारी नभएकोले यो आकर्षित भएन। तर, त्यो बेलादेखि यो प्रचलनमा छ। यसमा विवाद आएको छैन। स्वघोषणा उहाँहरुले गरिरहँदा पदमै बहाल रहेर लाभको पद धारण गरेर स्वघोषणा गर्दा भोलि उजुरी पर्ने हो भने भोलि उहाँहरुको उम्मेदवारी रद्द हुने सम्भावना थियो। त्यसैले त्योभन्दा अगावै यी सबै कानुनी व्यवस्थाहरुलाई मध्यनजर गरेर आयोगले आचारसंहितामा यो व्यवस्था राखिदियो, ताकि कसैले पनि त्यो कानुनी व्यवस्थाको बर्खिलाप हुने गरी उम्मेदवारी दिन नपरोस्। यदि हामीले यो व्यवस्था नगरेको भए ठूलो दुर्घटना हुनसक्थ्यो। धेरैजसो उम्मेदवारको उम्मेदवारी रद्द हुनसक्थ्यो। अहिले आयोगले यो व्यवस्था ल्याइदिएर सबैलाई जागरण भएको छ। त्यसले भोलिका दिनमा राजीनामा दिएर मात्रै उम्मेदवारी दिने वातावरण बनेको छ', पौडेल भन्छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एमालेले आशंका गरेको अर्को विषय हो, उम्मेदवारको मनोनयनका लागि निर्धारण गरिएको दुई दिन समय। कतिपय पालिकाहरुमा धेरै वडा हुने र धेरै संख्यामा मनोनयन हुने भएकाले हतारमा काम गर्नुभन्दा सुविधासाथ काम गर्न पाइयोस् भन्ने उद्देश्यका साथ दुई दिनको समय राखिएको आयोगको भनाइ छ। कतिपय महानगरपालिकामा ३२/३५ वटासम्म वडा भएको, निर्वाचनमा भाग लिने ७९ वटा दल र स्वतन्त्र उम्मेदवारले समेत मनोनयन गर्दा उम्मेदवारको संख्या धेरै हुने हुन्छन्। ‘यस्तो अवस्थामा ती उम्मेदवारीहरुको मनोनयनलाई जाँच गर्ने, रुजु गर्ने, दर्ता गर्ने, कम्प्युटर प्रविष्ठी गर्ने लगायतको काम गर्न हामीलाई एकै दिनमा असहज हुने स्थिति देखियो। भीडभाड भएपछि कुनै पनि व्यक्तिले आफ्नो उम्मेदवारी दिनबाट वञ्चित नहोस् भन्ने उद्देश्य पनि हो। आयोगले स्वच्छ उद्देश्य राखेर आफ्नो सुविधाको हिसाबले र उम्मेदवारी दिन चाहने व्यक्तिहरुको सुविधाको हिसाबले यो निर्णय गरेको हो’, पौडेल भन्छन्। 

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  २१:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना खनाललाई मुटुसम्बन्धी सामान्य समस्या देखिएपछि आइतबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको उनका स्वकीय सचिव मिलन उपाध्यायले जा... आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन समाचारको तथ्य, प्रस्तुति र पत्रकार आचारसंहितासम्बन्धी विवाद हेर्नु काउन्सिलको जिम्मेवारी भए पनि फेसबुकमा हुने हरेक व्यक्तिगत झगडा पत... आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण शनिबार हेलिकोप्टरमार्फत चुमनुब्री–३ को सिर्दिवास झरेका गुरुङले त्यस क्षेत्रको अवलोकन तथा निरीक्षण गरे । सिर्दिबास गृहमन्त्री गुरुङको... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्