• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ १६, २०८३ Tue, Sep 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सर्वोच्चको आँगन राजनीतिक भाषण गर्ने ठाउँ होइन

डा. सूर्य सुवेदी सोमबार, चैत ७, २०७८  ०९:०३
1140x725

म कुनै पनि दलसँग आबद्ध नहुनुको एउटा प्रेरणा गणेशराज शर्मा हुनुहुन्छ। उहाँले मलाई ‘कहिल्यै पनि दलको सदस्य नहुनू’ भनेर सुझाव दिनुभएको थियो। अहिले पनि म उहाँको सुझाव सम्झन्छु। त्यो मार्गदर्शनलाई पालना गरेको छु। 

मैले नेपाल ल क्याम्पसबाट स्नातक पास गर्ने समयमा सुरुमा वासुदेव ढुंगानाको ‘ल फर्म’मा अभ्यास गरेँ। पहिलो फाइलको रूपमा मलाई सर्वोच्च अदालतमा रहेका दुई मुद्दामा बहस गर्न दिनुभयो। बहसमा पठाउनुअघि आवश्यक परे आफू पनि जाने बताउनुभयो। दुई हप्ताको तयारीपछि ती मुद्दामा मैले नै बहस गरेँ, उहाँ जानु परेन। मुद्दा हामीले जित्यौँ र त्यसले नजिर नै कायम गर्‍यो। 

यी भए मेरा व्यक्तिगत कुरा। अब न्यायिक स्वतन्त्रताको कुरा गरौँ। नेपाल र बेलायतको न्याय प्राणालीमा धेरै फरक पाएको छु। नेपालमा पनि धेरै राम्रा कानुन व्यवसायी छन्, जसलाई म ‘रोलमोडल’ मान्छु। न्यायिक स्वतन्त्रता कायम राख्न उहाँहरूको भूमिका छ।

संविधानले अदालतको व्यवस्था गरेको हुन्छ। संविधानअनुसार नै कानुन बनेका हुन्छन्। यसैका आधारमा विज्ञहरुले मूल्यांकन गर्ने कुरा न्यायिक स्वतन्त्रता हो। मैले बेलायत र अन्तर्राष्ट्रिय अदालतमा पनि अभ्यास गरेको छु।

म नेपालमै अध्ययन गरेको मानिस हुँ। सरकारी वकिलदेखि न्यायाधीशको सहयोगीका रूपमा पनि काम गरेको छु। नेपालबाट प्राज्ञिक रूपमा सहयोग माग भएर समेत काम गरेको छु। केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा ‘चुच्चे नक्सा’को काम गर्न मलाई विज्ञ समूहमा राखिएको थियो। त्यति बेला विपिन अधिकारीसँग पनि काम गर्न पाएका थिएँ। म उहाँबाट धेरै प्रभावित छु। 

हामीले अन्तर्राष्ट्रिय स्तरको र अबको २० वर्षपछि काम लाग्ने प्रतिवेदन दिएका थियौँ। सीमा समस्यालाई राजनीति, कुटनीति र अन्य रूपमा समाधान गर्न सुझाव दिएका छौँ। 

त्यस्तै, एमसीसीमा पनि मैले सल्लाह दिन पाएँ। नेपाल सरकारका तर्फबाट सहयोगको आग्रह भएको थियो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि मसँग सहयोग माग्नु भएको थियो। यसले दलहरूलाई सहयोग नै गरेको मैले बुझेको छु। हरेक सरकारका समयमा मसँग सहयोग मागिएको छ। त्यसैले केही योगदान दिने मौका पाएको छु।

नेपालको न्यायालयबारे न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन र बारको घोषणापत्रमा धेरै कुरा आएका छन्। अहिले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएको र न्यायालय विवादमा परेको अवस्थामा अन्तर्राष्ट्रिय अभ्यास पनि हेर्न जरुरी हुन्छ। म बेलायतको अनुभवबारे पनि चर्चा गर्न चाहन्छु।

Ncell 2
Ncell 2
nimb
nimb

न्यायिक स्वतन्त्रता भनेको संस्कार हो। बेलायतमा कानुन व्यवसायी मात्र नभइ जोसुकै व्यक्ति पनि व्यवसायिकताबाट डगमग गर्दैनन्। उनीहरू यसमा प्रतिबद्ध हुन्छन्। दलको आबद्धताबारे औपचारिक रूपमा खुल्दैनन्। अंग्रेजहरूले चार वटा विषय डिनरको टेबलमा समेत ल्याउन नहुने बताउँछन्। ती हुन्, महिलाको उमेर, राजनीति, पुरुषको आम्दानी र धर्म। उनीहरु यसको अभ्यास पनि गर्छन्। 

मेरो प्राध्यापक जीवनमा त्यहाँ मैले राजनीतिक लगावको कुरा गरेको सुनेको छैन। तर, नेपालमा यही हुनु दुःखद् छ। विगतमा ल क्याम्पसमा मैले पनि यही अनुभव गरेँ। क्याम्पसका विद्यार्थी नै पार्टीको झन्डा बोकेर हिँड्छन्। अनि व्यवसायिक जीवनमा पनि पुरानै आश्थाको आँखाले हेर्छन्। 

अन्तर्राष्ट्रिय अदालतमा अभ्यास गर्दा मैले त्यहाँ कसैले पनि राजनीतिक तर्क गरेको सुनिनँ। विशुद्ध कानुनी रूपमा आफ्नो विश्लेषण राख्छन्। तर, नेपालको अभ्यास फरक भइदियो, जुन दुःखद् छ। पछिल्लो पटक कानुन व्यवसायीहरूले राजनीतिक भाषण गरे। कतिपय न्यायाधीशमा पनि यो समस्या देखियो। तपाईं हामी सबैले कुन कुन मुद्दामा यस्ता कुरा भए भन्ने हेरिरहेका छौँ। त्यसले राजनीतिक प्रभाव पारेको पनि देखिरहेकै छौँ। हामी कतै आवश्यकताभन्दा बढी अगाडि बढ्यौँ कि? अब सोच्नुपर्ने अवस्था आएको छ।

मान्छेहरुको दलगत आबद्धता सार्वजनिक हुन थाल्ने, अनि त्यही मानिस सार्वजनिक पदमा नियुक्त हुन थालेपछि प्रश्न उठ्छ नै। बेलायतमा यस्तो हुँदैन। त्यहाँ कानुन व्यवासायीले ‘म एउटा परिस्कृत र तार्किक कुरा राख्ने मानिस हुँ’ भनेर सोच्छ। उसले राजनीतिक रुपमा सोच्दैन।

नेपालमा सर्वोच्चको आँगनमै राजनीतिक भाषण भयो। यो राजनीतिक भाषणा गर्ने थलो हो कि होइन? न्यायाधीशहरूलाई पनि कता कता राजनीतिक निर्णय गर्न उद्धेलित भएको हो कि भन्ने देखियो। राजनीतिक वातावरणले प्रभाव पारेको हो कि! यसलाई रोक्न संस्कारको विकास गर्न आवश्यक छ।

न्यायिक स्वतन्त्रता संविधानमा प्रत्याभूत गरेर हुँदैन। यो संस्कारको विकास गर्न नेपालमा आमूल परिर्वतन हुनुपर्छ। यद्यपि, न्यायिक स्वतन्त्रता भनेको न्यायाधीशको नियुक्तिको विषय मात्र होइन, सरकारी वकिल नियुक्तिको विषय पनि हो। कानुन व्यवासायीको संरक्षणको विषय पनि हो। न्यायालयलाई आउने बजेट र स्रोत साधनको विषय पनि हो। 

कम्बोडियाको उदाहरण पनि हरौँ। त्यहाँ संविधान बनेर द्धन्द्ध समाधान भयो, तर अदालतमै राजनीति भयो। यही कारण द्धन्द्ध बढेको देखियो। सांसदहरुले भनसुन गर्ने रहेछन्। अदालत नै न्याय पाउने थलो हो, न्याय पाएन भने मानिसले विद्रोह जारी राख्छ। मैले कम्बोडियामा यसमा सुधारका कुरा गरेँ। यसका लागि बजेटदेखि जनशक्ति धेरै दिनुपर्ने बताएँ। पछि त्यहाँको संसदले तीन वटा कानुन यही विषयमा बनायो। अहिले निकै सुधार भएको छ। त्यहाँको निर्वाचन आयोगलाई स्वतन्त्र बनाएर संवैधानिक आयोग बनाइएको छ।

नेपालमा पनि त्यसका लागि प्रशस्त बजेट उपलव्ध गराउँ। न्यायाधीशको नियुक्ति मुख्य विषय हो। तर, यो मात्रै सबै थोक होइन। बेलायतमा न्यायाधीश नियुक्ति हुने प्रक्रिया धेरै फरक छ।

नेपालमा न्यायाधीश नियुक्तिमा राजनीतिक उपस्थिति र कार्यपालिकाको हस्तक्षेप छ। यसको आवश्यकता छ कि छैन? अब बोल्नै पर्छ।

न्याय परिषद्ले कुनै अदालतका लागि सिफारिस गरेका न्यायाधीश लाम लागेर कुनै अमुक दलको पार्टी कार्यालय पुगेको सुन्न र देख्न पाइयो। यस्तो अवस्था बेलायतमा सम्भव नै छैन। विद्यार्थी हुँदैदेखि व्यवसायिक हुन र त्यसलाई कायम राख्न सिकाइएको हुन्छ। नियुक्ति प्रधानमन्त्रीको सिफारिसमा महारानीले गर्ने हो। तर, त्योभन्दा आगाडिको प्रक्रियामा कार्यपालिकाको उपस्थिति हुँदैन। नेपालमा पनि न्यायालयमा कार्यपालिकाको उपस्थिति हुन दिन हुँदैन। संवैधानिक परिषद् वा न्याय परिषद्, जुनसुकै नाममा भए पनि यो रोकिनु पर्छ।

मैले देखेको बेलायतको अर्को महत्त्वपूर्ण उदाहरण हेरौँ। त्यहाँ प्रधानन्यायाधीश र न्यायाधीशमाथि महाअभियोग जस्तो संगीन आरोपपछि सार्वजनिक सुनुवाइ हुने व्यवस्था छ। यो संसदको निर्णयले मात्र प्रयाप्त हुँदैन। नेपालमा संसदले मात्र गरेर हुन्छ त? विगत १० वर्षमा नेताहरुले कस्ता व्यक्तिलाई सिफारिस गरे? यसरी सिफारिस गर्दा भएका कमजोरीबारेमा उनीहरु जिम्मेवार हुनु पर्दैन? विज्ञहरूदेखि पत्रकार र अन्यले आफ्नो विचार कहाँ राख्न पाउने हो? यस्ता विषय समेटिनुपर्छ।

महाअभियोग जसरी टुङ्गिए पनि यसमा ‘पब्लिक इन्क्वाएरी’ हुनुपर्छ। बेलायतमा यस्तै हुन्छ। नेपालमा पनि यसको शुरुवात हुनुपर्छ। उच्चस्तरका विज्ञहरूले यसलाई सुधार गर्न पाउनुपर्छ।

गम्भीर प्रकारका विषय र समस्या आउँदा पब्लिक इन्क्वाएरी गरेर सुझावसहितको प्रतिवेदन बनाइ सुधार गर्ने चलन छ। नाम जे दिएपनि हुन्छ, नेपालमा पनि यस्तो सुधार गर्नुपर्छ। नेपालको न्यायालय नेतृत्व गर्ने मानिस १–२ वर्षभन्दा धेरै बस्न नसक्ने व्यवस्था गलत छ। अमेरिकामा जस्तो लामो समय खानुपर्छ भन्ने होइन। तर, यति छोटो हुदाँ त्यसले कहिले नेतृत्व गर्ने त? पाँच सात वर्ष एक जनाले नेतृत्व गर्ने व्यवस्था हुनुपर्छ। नेपालमा कुनै पनि सरकार पाँच वर्ष नहुने र प्रधानमन्त्री नटिक्कने जे भएको छ, सर्वोच्च अदालतमा पनि यही भएको छ। पाँच वर्षमा उसले भिजन ल्याएर कार्यान्वयन गर्न सक्छ। 

नेपालको कानुनको संरचना अन्तराष्ट्रिय मापदण्डसँग मेल खान्छ कि खाँदैन भनेर हेरिनुपर्ने भएको छ। सारसंक्षेपमा भन्दा व्यवसायिकता कसरी बनाउने भन्ने सानै उमेरदेखि सिकाउनु पर्छ। बेलायतमा चार वटा निकायले तालिम दिएर उनीहरुलाई प्रमाणित गराएर सक्षम बनाउँछन्। प्रत्येक वर्ष लाइसेन्स नवीकरणका लागि उसले आफू अभ्यासमा भाग लिएको प्रमाण बुझाउनुपर्छ। यो भनेको ‘पोष्ट क्वालिफिकेसन’ हो।

४०० वर्ष पुरानो बेलायतका संस्थाले बिहान दुई घन्टा गीताको प्रवचन गरे। गीतामा धेरै विषय भएकाले यसो गरे। मैले गर्ने के हो? मेरो कर्तव्य के हो भनेर यसले सिकाउँछ भनिन्छ। आज न्यायाधीशले के गर्ने, कर्मचारी र कानुन व्यवसायीले के गर्ने भनेर पनि यसले सिकाउँछ। आठदेखि १० बजेसम्म यस्तो प्रवचनमा भाग लिन आउने धेरै छन्। नेपालमा विद्धानहरू, न्यायाधीशहरू गिता पढ्न आउन संभव छैन। बार र सर्वोच्चले अहिले गीताको प्रवचन गर्न सक्छ?

मानव अधिकार पश्चिमाहरुले विकास गरेको कुरा होइन। हामी गीतादेखि ऋगवेदसम्मका युगमा जानुपर्ने मैले दाबी गरेको छु। मैले एउटा किताब पनि यसमा लेखेको छु। पाठ्यक्रम विकास गर्ने कुरामा पहिले पश्चिममा बहस छ। ‘डि कोलोनाइजेसन अफ करिकुलम’ भन्ने चर्चा अहिले पश्चिमा देशमा चलिरहेको छ। 

समावेशी मात्र होइन ‘मेरिट’को कुरा पनि सँगै जानुपर्छ। ‘मेरिटोक्रेसी’लाई बेलायतले कानुनमा समावेशीलाई अनिवार्य मानेको छैन। कुनै समुदाय वा जातको भएर अवसर पाउँछ भन्ने छैन। तर, नेपालमा सर्वोच्चदेखि अन्य निकायमा नियुक्ति गर्दा मेरिटोक्रेसीलाई तिलान्जली दिइयो कि! यसलाई सकारात्मक नतिजा ल्याउन प्रयोग गर्नुपर्छ।

(काठमाडौं विश्वविद्यालय स्कुल अफ लले आयोजना गरेको 'वरिष्ठ अधिवक्ता गणेशराज शर्मा लेक्चर्स श्रृङखला'मा दिएको मन्तव्यको संपादित अंश।)

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  ०९:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
स्थानीय तहलाई थप ६ करोड ७५ लाख
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ?
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग
सम्बन्धित सामग्री
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? नेपाली सेनाले मात्र विभिन्न क्षेत्रमा स्थल तथा हवाई माध्यमबाट उेको छ। त्रिशूली क्षेत्रमा अस्पतालको पहुँचसमेत प्रभावित भएपछि सैनिक ब्... आइतबार, भदौ १४, २०८३
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? आगामी रजिष्ट्रारको सबैभन्दा ठूलो चुनौतीमध्ये एउटा प्रतिष्ठानलाई दीर्घकालीन रुपमा आर्थिक तथा संस्थागत रुपमा बलियो बनाउनु हुनेछ । यसका... शनिबार, भदौ १३, २०८३
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? सरकारले उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन गरेको दाबी गरिरहेको छ। सामाजिक सञ्जालमा सरकारी सक्रियताका तस्वीर र सूचना पनि आइरह... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
स्थानीय तहलाई थप ६ करोड ७५ लाख मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग मंगलबार, भदौ १६, २०८३
बाढीपछि प्रहरीलाई अर्को चुनौती : शव पहिचानदेखि खाली घरको सुरक्षा र अपराध नियन्त्रणसम्म मंगलबार, भदौ १६, २०८३
‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्