• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन २३, २०८३ Sat, Aug 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सर्वोच्चको आँगन राजनीतिक भाषण गर्ने ठाउँ होइन

डा. सूर्य सुवेदी सोमबार, चैत ७, २०७८  ०९:०३
1140x725

म कुनै पनि दलसँग आबद्ध नहुनुको एउटा प्रेरणा गणेशराज शर्मा हुनुहुन्छ। उहाँले मलाई ‘कहिल्यै पनि दलको सदस्य नहुनू’ भनेर सुझाव दिनुभएको थियो। अहिले पनि म उहाँको सुझाव सम्झन्छु। त्यो मार्गदर्शनलाई पालना गरेको छु। 

मैले नेपाल ल क्याम्पसबाट स्नातक पास गर्ने समयमा सुरुमा वासुदेव ढुंगानाको ‘ल फर्म’मा अभ्यास गरेँ। पहिलो फाइलको रूपमा मलाई सर्वोच्च अदालतमा रहेका दुई मुद्दामा बहस गर्न दिनुभयो। बहसमा पठाउनुअघि आवश्यक परे आफू पनि जाने बताउनुभयो। दुई हप्ताको तयारीपछि ती मुद्दामा मैले नै बहस गरेँ, उहाँ जानु परेन। मुद्दा हामीले जित्यौँ र त्यसले नजिर नै कायम गर्‍यो। 

यी भए मेरा व्यक्तिगत कुरा। अब न्यायिक स्वतन्त्रताको कुरा गरौँ। नेपाल र बेलायतको न्याय प्राणालीमा धेरै फरक पाएको छु। नेपालमा पनि धेरै राम्रा कानुन व्यवसायी छन्, जसलाई म ‘रोलमोडल’ मान्छु। न्यायिक स्वतन्त्रता कायम राख्न उहाँहरूको भूमिका छ।

संविधानले अदालतको व्यवस्था गरेको हुन्छ। संविधानअनुसार नै कानुन बनेका हुन्छन्। यसैका आधारमा विज्ञहरुले मूल्यांकन गर्ने कुरा न्यायिक स्वतन्त्रता हो। मैले बेलायत र अन्तर्राष्ट्रिय अदालतमा पनि अभ्यास गरेको छु।

म नेपालमै अध्ययन गरेको मानिस हुँ। सरकारी वकिलदेखि न्यायाधीशको सहयोगीका रूपमा पनि काम गरेको छु। नेपालबाट प्राज्ञिक रूपमा सहयोग माग भएर समेत काम गरेको छु। केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा ‘चुच्चे नक्सा’को काम गर्न मलाई विज्ञ समूहमा राखिएको थियो। त्यति बेला विपिन अधिकारीसँग पनि काम गर्न पाएका थिएँ। म उहाँबाट धेरै प्रभावित छु। 

हामीले अन्तर्राष्ट्रिय स्तरको र अबको २० वर्षपछि काम लाग्ने प्रतिवेदन दिएका थियौँ। सीमा समस्यालाई राजनीति, कुटनीति र अन्य रूपमा समाधान गर्न सुझाव दिएका छौँ। 

त्यस्तै, एमसीसीमा पनि मैले सल्लाह दिन पाएँ। नेपाल सरकारका तर्फबाट सहयोगको आग्रह भएको थियो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि मसँग सहयोग माग्नु भएको थियो। यसले दलहरूलाई सहयोग नै गरेको मैले बुझेको छु। हरेक सरकारका समयमा मसँग सहयोग मागिएको छ। त्यसैले केही योगदान दिने मौका पाएको छु।

नेपालको न्यायालयबारे न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन र बारको घोषणापत्रमा धेरै कुरा आएका छन्। अहिले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएको र न्यायालय विवादमा परेको अवस्थामा अन्तर्राष्ट्रिय अभ्यास पनि हेर्न जरुरी हुन्छ। म बेलायतको अनुभवबारे पनि चर्चा गर्न चाहन्छु।

nimb
nimb
Ncell 2
Ncell 2

न्यायिक स्वतन्त्रता भनेको संस्कार हो। बेलायतमा कानुन व्यवसायी मात्र नभइ जोसुकै व्यक्ति पनि व्यवसायिकताबाट डगमग गर्दैनन्। उनीहरू यसमा प्रतिबद्ध हुन्छन्। दलको आबद्धताबारे औपचारिक रूपमा खुल्दैनन्। अंग्रेजहरूले चार वटा विषय डिनरको टेबलमा समेत ल्याउन नहुने बताउँछन्। ती हुन्, महिलाको उमेर, राजनीति, पुरुषको आम्दानी र धर्म। उनीहरु यसको अभ्यास पनि गर्छन्। 

मेरो प्राध्यापक जीवनमा त्यहाँ मैले राजनीतिक लगावको कुरा गरेको सुनेको छैन। तर, नेपालमा यही हुनु दुःखद् छ। विगतमा ल क्याम्पसमा मैले पनि यही अनुभव गरेँ। क्याम्पसका विद्यार्थी नै पार्टीको झन्डा बोकेर हिँड्छन्। अनि व्यवसायिक जीवनमा पनि पुरानै आश्थाको आँखाले हेर्छन्। 

अन्तर्राष्ट्रिय अदालतमा अभ्यास गर्दा मैले त्यहाँ कसैले पनि राजनीतिक तर्क गरेको सुनिनँ। विशुद्ध कानुनी रूपमा आफ्नो विश्लेषण राख्छन्। तर, नेपालको अभ्यास फरक भइदियो, जुन दुःखद् छ। पछिल्लो पटक कानुन व्यवसायीहरूले राजनीतिक भाषण गरे। कतिपय न्यायाधीशमा पनि यो समस्या देखियो। तपाईं हामी सबैले कुन कुन मुद्दामा यस्ता कुरा भए भन्ने हेरिरहेका छौँ। त्यसले राजनीतिक प्रभाव पारेको पनि देखिरहेकै छौँ। हामी कतै आवश्यकताभन्दा बढी अगाडि बढ्यौँ कि? अब सोच्नुपर्ने अवस्था आएको छ।

मान्छेहरुको दलगत आबद्धता सार्वजनिक हुन थाल्ने, अनि त्यही मानिस सार्वजनिक पदमा नियुक्त हुन थालेपछि प्रश्न उठ्छ नै। बेलायतमा यस्तो हुँदैन। त्यहाँ कानुन व्यवासायीले ‘म एउटा परिस्कृत र तार्किक कुरा राख्ने मानिस हुँ’ भनेर सोच्छ। उसले राजनीतिक रुपमा सोच्दैन।

नेपालमा सर्वोच्चको आँगनमै राजनीतिक भाषण भयो। यो राजनीतिक भाषणा गर्ने थलो हो कि होइन? न्यायाधीशहरूलाई पनि कता कता राजनीतिक निर्णय गर्न उद्धेलित भएको हो कि भन्ने देखियो। राजनीतिक वातावरणले प्रभाव पारेको हो कि! यसलाई रोक्न संस्कारको विकास गर्न आवश्यक छ।

न्यायिक स्वतन्त्रता संविधानमा प्रत्याभूत गरेर हुँदैन। यो संस्कारको विकास गर्न नेपालमा आमूल परिर्वतन हुनुपर्छ। यद्यपि, न्यायिक स्वतन्त्रता भनेको न्यायाधीशको नियुक्तिको विषय मात्र होइन, सरकारी वकिल नियुक्तिको विषय पनि हो। कानुन व्यवासायीको संरक्षणको विषय पनि हो। न्यायालयलाई आउने बजेट र स्रोत साधनको विषय पनि हो। 

कम्बोडियाको उदाहरण पनि हरौँ। त्यहाँ संविधान बनेर द्धन्द्ध समाधान भयो, तर अदालतमै राजनीति भयो। यही कारण द्धन्द्ध बढेको देखियो। सांसदहरुले भनसुन गर्ने रहेछन्। अदालत नै न्याय पाउने थलो हो, न्याय पाएन भने मानिसले विद्रोह जारी राख्छ। मैले कम्बोडियामा यसमा सुधारका कुरा गरेँ। यसका लागि बजेटदेखि जनशक्ति धेरै दिनुपर्ने बताएँ। पछि त्यहाँको संसदले तीन वटा कानुन यही विषयमा बनायो। अहिले निकै सुधार भएको छ। त्यहाँको निर्वाचन आयोगलाई स्वतन्त्र बनाएर संवैधानिक आयोग बनाइएको छ।

नेपालमा पनि त्यसका लागि प्रशस्त बजेट उपलव्ध गराउँ। न्यायाधीशको नियुक्ति मुख्य विषय हो। तर, यो मात्रै सबै थोक होइन। बेलायतमा न्यायाधीश नियुक्ति हुने प्रक्रिया धेरै फरक छ।

नेपालमा न्यायाधीश नियुक्तिमा राजनीतिक उपस्थिति र कार्यपालिकाको हस्तक्षेप छ। यसको आवश्यकता छ कि छैन? अब बोल्नै पर्छ।

न्याय परिषद्ले कुनै अदालतका लागि सिफारिस गरेका न्यायाधीश लाम लागेर कुनै अमुक दलको पार्टी कार्यालय पुगेको सुन्न र देख्न पाइयो। यस्तो अवस्था बेलायतमा सम्भव नै छैन। विद्यार्थी हुँदैदेखि व्यवसायिक हुन र त्यसलाई कायम राख्न सिकाइएको हुन्छ। नियुक्ति प्रधानमन्त्रीको सिफारिसमा महारानीले गर्ने हो। तर, त्योभन्दा आगाडिको प्रक्रियामा कार्यपालिकाको उपस्थिति हुँदैन। नेपालमा पनि न्यायालयमा कार्यपालिकाको उपस्थिति हुन दिन हुँदैन। संवैधानिक परिषद् वा न्याय परिषद्, जुनसुकै नाममा भए पनि यो रोकिनु पर्छ।

मैले देखेको बेलायतको अर्को महत्त्वपूर्ण उदाहरण हेरौँ। त्यहाँ प्रधानन्यायाधीश र न्यायाधीशमाथि महाअभियोग जस्तो संगीन आरोपपछि सार्वजनिक सुनुवाइ हुने व्यवस्था छ। यो संसदको निर्णयले मात्र प्रयाप्त हुँदैन। नेपालमा संसदले मात्र गरेर हुन्छ त? विगत १० वर्षमा नेताहरुले कस्ता व्यक्तिलाई सिफारिस गरे? यसरी सिफारिस गर्दा भएका कमजोरीबारेमा उनीहरु जिम्मेवार हुनु पर्दैन? विज्ञहरूदेखि पत्रकार र अन्यले आफ्नो विचार कहाँ राख्न पाउने हो? यस्ता विषय समेटिनुपर्छ।

महाअभियोग जसरी टुङ्गिए पनि यसमा ‘पब्लिक इन्क्वाएरी’ हुनुपर्छ। बेलायतमा यस्तै हुन्छ। नेपालमा पनि यसको शुरुवात हुनुपर्छ। उच्चस्तरका विज्ञहरूले यसलाई सुधार गर्न पाउनुपर्छ।

गम्भीर प्रकारका विषय र समस्या आउँदा पब्लिक इन्क्वाएरी गरेर सुझावसहितको प्रतिवेदन बनाइ सुधार गर्ने चलन छ। नाम जे दिएपनि हुन्छ, नेपालमा पनि यस्तो सुधार गर्नुपर्छ। नेपालको न्यायालय नेतृत्व गर्ने मानिस १–२ वर्षभन्दा धेरै बस्न नसक्ने व्यवस्था गलत छ। अमेरिकामा जस्तो लामो समय खानुपर्छ भन्ने होइन। तर, यति छोटो हुदाँ त्यसले कहिले नेतृत्व गर्ने त? पाँच सात वर्ष एक जनाले नेतृत्व गर्ने व्यवस्था हुनुपर्छ। नेपालमा कुनै पनि सरकार पाँच वर्ष नहुने र प्रधानमन्त्री नटिक्कने जे भएको छ, सर्वोच्च अदालतमा पनि यही भएको छ। पाँच वर्षमा उसले भिजन ल्याएर कार्यान्वयन गर्न सक्छ। 

नेपालको कानुनको संरचना अन्तराष्ट्रिय मापदण्डसँग मेल खान्छ कि खाँदैन भनेर हेरिनुपर्ने भएको छ। सारसंक्षेपमा भन्दा व्यवसायिकता कसरी बनाउने भन्ने सानै उमेरदेखि सिकाउनु पर्छ। बेलायतमा चार वटा निकायले तालिम दिएर उनीहरुलाई प्रमाणित गराएर सक्षम बनाउँछन्। प्रत्येक वर्ष लाइसेन्स नवीकरणका लागि उसले आफू अभ्यासमा भाग लिएको प्रमाण बुझाउनुपर्छ। यो भनेको ‘पोष्ट क्वालिफिकेसन’ हो।

४०० वर्ष पुरानो बेलायतका संस्थाले बिहान दुई घन्टा गीताको प्रवचन गरे। गीतामा धेरै विषय भएकाले यसो गरे। मैले गर्ने के हो? मेरो कर्तव्य के हो भनेर यसले सिकाउँछ भनिन्छ। आज न्यायाधीशले के गर्ने, कर्मचारी र कानुन व्यवसायीले के गर्ने भनेर पनि यसले सिकाउँछ। आठदेखि १० बजेसम्म यस्तो प्रवचनमा भाग लिन आउने धेरै छन्। नेपालमा विद्धानहरू, न्यायाधीशहरू गिता पढ्न आउन संभव छैन। बार र सर्वोच्चले अहिले गीताको प्रवचन गर्न सक्छ?

मानव अधिकार पश्चिमाहरुले विकास गरेको कुरा होइन। हामी गीतादेखि ऋगवेदसम्मका युगमा जानुपर्ने मैले दाबी गरेको छु। मैले एउटा किताब पनि यसमा लेखेको छु। पाठ्यक्रम विकास गर्ने कुरामा पहिले पश्चिममा बहस छ। ‘डि कोलोनाइजेसन अफ करिकुलम’ भन्ने चर्चा अहिले पश्चिमा देशमा चलिरहेको छ। 

समावेशी मात्र होइन ‘मेरिट’को कुरा पनि सँगै जानुपर्छ। ‘मेरिटोक्रेसी’लाई बेलायतले कानुनमा समावेशीलाई अनिवार्य मानेको छैन। कुनै समुदाय वा जातको भएर अवसर पाउँछ भन्ने छैन। तर, नेपालमा सर्वोच्चदेखि अन्य निकायमा नियुक्ति गर्दा मेरिटोक्रेसीलाई तिलान्जली दिइयो कि! यसलाई सकारात्मक नतिजा ल्याउन प्रयोग गर्नुपर्छ।

(काठमाडौं विश्वविद्यालय स्कुल अफ लले आयोजना गरेको 'वरिष्ठ अधिवक्ता गणेशराज शर्मा लेक्चर्स श्रृङखला'मा दिएको मन्तव्यको संपादित अंश।)

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  ०९:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एनपिएलमा पहिलो विदेशले पाए कप्तानी जनकपुर बोल्ट्सको कप्तानी हरमितले गर्ने
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि
कालिकोटमा स्वास्थ्यकर्मीमाथि आक्रमण : स्थानीय किन आक्रोशित भए?
सम्बन्धित सामग्री
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले देशमा आपतकाल घोषणा गर्दै भारतलाई खुला जेलजस्तै अवस्थामा पुर्‍याइन्। आखिर आपतकाल कसरी घोषणा भ... शनिबार, साउन ९, २०८३
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन रावणका दश शिरलाई धेरैले मानवका दश अवगुणको प्रतीक मान्छन्। ती हुन्, काम, क्रोध, लोभ, मोह, मद (घमण्ड), मत्सर, अहंकार, स्वार्थ, अन्याय... सोमबार, असार २९, २०८३
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
ताजा समाचारसबै
एनपिएलमा पहिलो विदेशले पाए कप्तानी जनकपुर बोल्ट्सको कप्तानी हरमितले गर्ने शनिबार, साउन २३, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
कालिकोटमा स्वास्थ्यकर्मीमाथि आक्रमण : स्थानीय किन आक्रोशित भए? शनिबार, साउन २३, २०८३
कनक–कुन्द दीक्षितले जितेको मुद्दा उल्टाउन सरकारले दिएको पुनरवलोकन निवेदनको सुनुवाइ गर्दै सर्वोच्च शनिबार, साउन २३, २०८३
आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
२५० रुपैयाँको सामान किनेका उपभोक्तालाई १० लाख उपहार शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
मध्यरातमा प्रधानमन्त्रीले किन लेखे–एक्लै लड्नुपर्ने हुन्छ? शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
२५० रुपैयाँको सामान किनेका उपभोक्तालाई १० लाख उपहार शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्