• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

नेपालले र्‍याफ्टिङमा ओलम्पिक पदक जित्ने आकलन

64x64
रासस शनिबार, चैत ५, २०७८  ०८:५४
1140x725

काठमाडौं- युवा तथा खेलकुद मन्त्रालयले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने सम्भावना आकलन गरी साहसिक खेल अर्थात् र्‍याफ्टिङको विकास र विस्तार गर्ने सोच अघि सारेको छ।

साहसिक जलयात्रामा नेपाली खेलाडी (गाइड)मा अनुभव पोख्त र प्रतिस्पर्धी क्षमता बलियो देखेपछि आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिताका लागि मन्त्रालय नीतिगत व्यवस्थाको तयारीमा लागेको हो।

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले आगामी एशियन र ओलम्पिकमा र्‍याफ्टिङमा पदक जित्न नेपालको सहभागिता प्रभावकारी हुनसक्ने आकलन गरिएको प्रतिक्रिया दिए। 

नेपालको भौगोलिक अवस्थितिका कारण पहाडबाट दक्षिणतर्फ बग्ने अधिकांश नदीमा पर्यटनसँगै खेलकुदलाई जोड्न र प्रयोग गर्नसक्ने प्रशस्त सम्भावना छ। त्रिशूली, भोटेकोसी, सुनकोसी, कालीगण्डकी, मस्याङ्दी, बूढीगण्डकी, कर्णाली र पश्चिम सेती साहसिक जलयात्राका लागि विश्वमै कहलिएका नदी हुन्।

नेपालका छ हजारभन्दा बढी नदीनाला रहेकामा त्यसमध्ये दोस्रो स्तरका सहायक नदीमा पनि र्‍याफ्टिङ प्रतियोगिता सजिलै सञ्चालन गर्न सकिनेछ।

नेपालका नदीमा सन् १९६० देखि सुरु भए पनि सन् १९९० को दशकमा नेपाल भित्रनेमध्ये २० प्रतिशतसम्म पर्यटक जलयात्रामा निस्कने गरेको तथ्याङ्क छ।

नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीद्वारा गत फागुन अन्तिम साता त्रिशूलीमा भएको र्‍याफ्टिङमा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज र सचिव रेग्मी सहभागी भएसँगै साहसिक जलयात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने विषयले पुनःचर्चामा पाएको हो।

सचिव रेग्मी भन्छन्, “त्रिशूलीमा भएको र्‍याफ्टिङमा सहभागी भएसँगै हामीमा स्वामित्व ग्रहण भएको छ, आयोजक र खेलाडीमा ठूलो उत्साह देखियो, विभागीय टिममात्र होइन, व्यक्तिगत खेलाडीमा पनि प्रतिस्पर्धा गर्ने क्षमता उच्च छ, पर्यटक र साहसिक खेलकुदलाई सँगै अघि लैजानुपर्छ, यस विधामा नेपालको पदक जित्ने सम्भावना अधिक छ।”

Ncell 2
Ncell 2
nimb
nimb

नेपालका र्‍याफ्टिङ प्रशिक्षक (गाइड)ले दक्षिण एशियामा मात्र नभई युरोप र अमेरिकामा समेत अनुभवी तथा साहसिकको परिचय बनाएका छन्।

नेपालमा हाल र्‍याफ्टिङसँग सम्बन्धित संस्था ८२ को हाराहारीमा छन् भने गाइडको सङ्ख्या करिब ६०० रहेको अनुमान छ। नदीको बहाव उत्तरबाट दक्षिणतर्फ भएका कारण नेपालमा र्‍याफ्टिङ प्रतियोगिताको सम्भावना व्यापक छ।

साहसिक खेलका रुपमा र्‍याफ्टिङ र कायकिङलाई अब राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगिता समावेश गरिने बताउँदै सचिव रेग्मीले खेलनीति र वार्षिक कार्यक्रममा यस्ता खेलका लागि बजेट विनियोजन गर्ने तथा खेल एवं खेलाडीको क्षमता विकास गर्न प्रदेश र स्थानीय तहलाई आग्रहसमेत गरिने जानकारी दिए।

प्रतियोगिता र पदकको प्रचूर सम्भावना

Xtrem

Xtrem

नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीका अध्यक्ष गङ्गाप्रसाद नेपालले सुगमताका हिसाबले त्रिशूली र भोटेकोसी भए पनि र्‍याफ्टिङका लागि कर्णाली, सुनकोसी, तमोर विश्वका उत्कृष्ट १० भित्र पर्ने भएकाले प्रतियोगिताको प्रचूर सम्भावना रहेको बताए।

तालिम प्राप्त तयारी अवस्थामा रहेकाबाहेक पनि नेपालमा नदी र ताल किनारमा रहेका माझी र बोटेलगायतका जातजातिको माछा मार्ने, डुङ्गा चलाउने र पौडी खेल्ने पुख्र्यौली पेशा रहेकाले पनि नेपालमा जलयात्राका पथप्रदर्शक अर्थात् प्रशिक्षकको सङ्ख्या प्रशस्त छ।
 
नेपालमा प्रशस्त नदीनाला भएर पनि र्‍याफ्टिङ हालसम्म राष्ट्रिय प्रतियोगितामै पनि सामेल हुन सकेको छैन। यद्यपि एजेन्सिको अग्रसरतामा विगतमा केही वर्ष भने भोटेकोसीको सुकुटे क्षेत्रमा १८ देशका खेलाडीसमेत सामेल गराई ह्वाइट वाटर च्यालेञ्ज र्‍याफ्टिङ र कायकिङ प्रतियोगिता सञ्चालन गरिएकामा द्वन्द्व र कोभिड–१९ का कारण हाल स्थगित छ।
 
प्रतियोगिता सञ्चालनका लागि करिब रु ३० लाख खर्च हुने तथा र्‍याफ्टिङ डुङ्गाको मूल्य करिब रु १० लाख एवं एक जना मात्र बस्न मिल्ने डुङ्गा कायकिङलाई रु डेढ लाख पर्ने संस्थाका पदाधिकारीले जानकारी दिए।

केही वर्षअघि विश्वको सबैभन्दा लामो २१८ किमी र्‍याफ्टिङ प्रतियोगिता सञ्चालन लक्ष्य लिएकामा कोरोनाका कारण स्थागित हुन पुगेको अध्यक्ष नेपालले बताए।

संस्थाका पूर्वअध्यक्ष निम मगर भन्नुुुहुन्छ, “फ्रान्स र कोरियामा गएर पनि कायकिङ प्रतियोगिता खेलेको छ, प्रत्येक दिन डुङ्गा चलाउने भएकाले हाम्रा गाइडमा लामो अनुभव छ, प्रतियोगिता जित्ने सम्भावना पनि प्रशस्त छ, बजेट विनियोजन र राष्ट्रिय प्रतियोगिता हुनुपर्‍यो, विजयीलाई मनोबल बढाउन एशियन र ओलम्पिकमा पठाउन पर्‍यो।”

बागमती सफाइ अभियानको प्रचारप्रसारका लागि विगतमा सुन्दरीजलदेखि गोकर्णसम्म मिडियालाई संलग्न गराएर प्रतियोगिता हुँदै आएकामा पछिल्ला वर्षमा त्योसमेत हुन सकेको छैन। निजी क्षेत्रकै पहलमा सिन्धुपाल्चोकको बलेफीमा र्‍याफ्टिङलगायत नदी खेल प्रशिक्षण केन्द्र स्थापना गरिएको छ।

‘नीति र वातावरण बनाऔँ’

एजेन्सीका पूर्वध्यक्ष मेघ आले नेपालमा पहिलो पटक सन् २०६० को दशकमा र्‍याफ्टिङ  त्रिशूलीमा भएकामा त्यसमा अमेरिकन, जर्मन, फ्रेञ्च र बेलायतीको सहभागिता रहेको जानकारी दिए।

उनी भन्छन्, “नदी पर्यटनका लागि त्रिशूली ऐतिहासिक नदी हो, धार्मिक, पर्यटन संस्कृति र सामाजिक महत्व बोकेका नदी क्षेत्रलाई सम्पदाका रुपमा घोषणा गरी र्‍याफ्टिङ प्रतियोगिता सञ्चालनका लागि नीति र वातावरण बनाउनुपर्छ।”  

नेपाल र्‍याफ्टिङका लागि संसारकै सर्वाेत्कृष्ट गन्तव्य भएकाले र्‍याफ्टिङ र कायकिङ खेल विधालाई ठीक ढङ्गबाट अघि बढाइएमा ओलम्पिकबाट नेपालले छोटो अवधिमै पदक ल्याउन सक्ने प्रशस्त सम्भावना छ।

प्रकाशित मिति: शनिबार, चैत ५, २०७८  ०८:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
बैंकक विमानस्थलमा ४० घण्टा अलपत्र परेको कबड्डी टोली नेपाल आइपुग्यो टोलीको नेपाल फर्किने उडान २८ तारिख दिउँसो १२ बजेका लागि तय गरिएको थियो। तर, उडानमा ढिलाइ भएपछि जापानबाट थाइल्यान्ड पुगेको टोलीले बैं... बुधबार, असोज १४, २०८३
२०औं एसियाली खेलकुद : गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दै गल्फको पुरुषतर्फ सुवास तामाङ र राहुल विश्वकर्माले व्यक्तिगत स्ट्रोक प्ले तथा टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने तालिका छ। यस्तै, महिला... बुधबार, असोज १४, २०८३
कबड्डीमा श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा बिहीबार तोकाइ जिम्न्यासियममा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३४–२५ ले हराउँदै नेपाली टोलीले अन्तिम चारमा स्थान पक्का गरेको... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका सिक्का टकमारी गर्ने आइतबार, असोज १८, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
एमालेले बोलायो संसदीय दलको बैठक आइतबार, असोज १८, २०८३
होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी आइतबार, असोज १८, २०८३
हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज हुने आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्