काठमाडौं- विश्वकै सबैभन्दा खुसी देशहरुको सूची सार्वजनिक हुने भएको छ। विश्वको सबैभन्दा खुसी देशको सूचीको पहिलो नम्बरमा फिनल्यान्डमा परेको छ।
वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुसी देश घोषित भएको हो। वर्ल्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबैभन्दा खुसी देश बन्न सफल भएको हो।
प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक समर्थन, स्वस्थ औषत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणाहरु जस्ता विभिन्न तत्वहरुका आधारमा विश्व खुसी प्रतिवेदनले १५० देशहरुलाई क्रमबद्ध गर्दछ।
सूचीमा डेनमार्क र आइसल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। त्यस्तै, स्वीट्जरल्यान्ड चौथो स्थानमा छ भने नेदरल्यान्ड्स र लक्जमवर्ग क्रमशः पाँचौ र छैटौँ स्थानमा छन् । स्वीडेन, नर्वे र इजरायल क्रमशः सातौँ, आठौँ र नवौँ स्थानमा छन् भने र न्युजिल्यान्ड दशौँ स्थानमा छ।
नेपाल दक्षिण एसियाको सबैभन्दा खुसी
दक्षिण एसियामा नेपाल खुसी हुने देशको शीर्ष स्थानमा रहेको छ। नेपाल सूचीको ८५ औँ स्थानमा छ। भुटानलाई प्राविधिक कारण सूचीमा राखिएको छैन्। नेपालपछि बुलगेरिया र माल्दिम्भ छन्। सूचीमा बंगलादेश ९९ र पाकिस्तान १०३ औँ नम्बरमा छन्। श्रीलंका १२६औँ स्थानमा छ भने भारत १३६औँ स्थानमा छ। चीन भने नेपाल भन्दा खुसी देशमा परेको छ। चीन ८२ औँ नम्बरमा रहेको छ।
सूचीअनुसार अफगानिस्तान विश्वकै सबैभन्दा दुःखी देश बनेको छ। अफगानिस्तान भन्दा अघि सूचीमा जिम्बाबे र रुआण्डा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।