ताप्लेजुङ- ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिनमा रुखले किचेर एकजनाको ज्यान गएको छ।
दाउराका लागि रुख काट्ने क्रममा ढल्दै गरेको रुखले अचानक शुक्रबार किचेर सोहि ठाउँका तुलसी भनिने भीमप्रसाद रम्तेलको ज्यान गएको हो।
रम्तेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ढल्दै गरेको रुख रम्तेलको ढाडमा बजारिएको स्थानीयले बताएका छन्। रम्तेलको शव परीक्षणका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।