काठमाडौं- युक्रेनको दक्षिणी सहर माइकोलिएभमा रहेको सैन्य ब्यारेकमा मिसाइल आक्रमण भएको छ। उक्त आक्रमणमा परी ४५ जनाको मृत्यु भएको बताइएको छ।
ओडेसामा रहेको बीबीसी संवाददाता एन्ड्रयु हार्डिङले सहरको उत्तरी भागमा रहेको सेनाको ब्यारेकमा कम्तीमा दुईवटा मिसाइल प्रहार भएको बताए।
हार्डिङका अनुसार यी ब्यारेकहरूमा स्थानीय सैनिकहरूलाई तालिम दिइँदै आएको थियो। यी सैनिकहरूले काला सागर तटबाट रूसी सेनाको आक्रमण रोक्न प्रयास गरिरहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।