काठमाडौं- संयुक्त राष्ट्रसंघका अनुसार मार्च १७ सम्म युक्रेन युद्धमा कम्तीमा ८१६ सर्वसाधारण मारिएका छन्। यस्तै, १ हजार ३३३ जना घाइते भएका छन्।
युक्रेनमा रुसले गरेको आक्रमणको आज २३ औं दिन हो। संयुक्त राष्ट्र मानव अधिकार कार्यालय (ओएचसीएचआर) का अनुसार भीषण बमबारीमा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ।
आर्टिलरी फायरिङ, मिसाइल आक्रमण र हवाई आक्रमणका कारण उनीहरुको मृत्यु भएको हो।
यद्यपि, धेरै सहरहरूको तथ्याङ्क प्राप्त हुन नसकेका कारण मृत्यु हुनेको वास्तविक संख्या धेरै हुन सक्ने संयुक्त राष्ट्रसंघले जनाएको छ।
युक्रेनको रक्षा मन्त्रालयका अनुसार रुसी आक्रमण सुरु भएयता करिब १४ हजार २०० रुसी सैनिक मारिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।