काठमाडौं- बेलायतको गृह मन्त्रालयले युक्रेनी शरणार्थीका लागि ६,५०० भिसा जारी गरेको जनाएको छ। यी भिसाहरू युक्रेन परिवार योजनाअन्तर्गत बिहीबार राति १०:३० बजेसम्म जारी गरिएको थियो।
बुधबार दिएको ६ हजार १ सय भिसाको तुलनामा बिहीबार ४ सय बढी भिसा दिइएको हो। वेबसाइटमा प्रकाशित अस्थायी तथ्याङ्कअनुसार त्यतिबेला करिब २ हजार आवेदन परेको थियो, जुन बढेर कुल २७ हजार पुगेको छ।
बेलायत सरकारले युक्रेनका जनताका लागि छुट्टै ‘स्पोन्सरसिप भिसा योजना’ पनि सञ्चालन गरिरहेको छ। यस योजनामा शरणार्थीलाई घरमा राख्ने प्रत्येक परिवारलाई मासिक करिब ३५ हजार रुपैयाँ कर छुट दिइने छ।
योजना सुरु भएको दिन वेबसाइटमा एक लाखभन्दा बढी व्यक्तिले साइन अप गरेका थिए अर्थात् शरणार्थीहरूलाई घरमै राख्ने इच्छा व्यक्त गरेका थिए।
बेलायती सरकारले युक्रेनी शरणार्थी संकटमा आवश्यक सहायता उपलब्ध गराएकोमा आलोचनाको सामना गर्नु परेको छ। यसमा बेलायतका सांसदहरू पनि पर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।