काठमाडौं- रुसले आक्रमण गरेको मारिओपोलको एउटा नाटकघरको भग्नावशेषबाट हालसम्म १३० जनाको उद्धार गरिएको छ।
युक्रेनको मानवअधिकार आयुक्तको कार्यालयका अनुसार भवनमा फसिरहेका १३० जनाको उद्धार गरिएको हो।
टेलिभिजन सम्बोधनमा युक्रेनका मानवअधिकार आयुक्तले उद्धार कार्य जारी रहेकोल जनाएको छ। यद्यपि, भवनको तल्लो भागमा १३ सय मानिसहरू अझै फसिरहेको बताइन्छ।
रुसले उक्त नाटकघरमाथि बमबारी गर्दा भूमिगत तलामा हजारभन्दा बढी महिला र बालबालिकाले आश्रय लिएर बसिरहेका थिए।
उक्त नाटकघर रुसी हवाई आक्रमणमा परेको थियो। तर त्यहाँ कति जना हताहत भए भन्ने स्पष्ट छैन। हमलाले नाटकघरको भवन क्षतिग्रस्त बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।