काठमाडौं– अमेरिकी राष्ट्रपति जो वाइडेनले चिनियाँ राष्ट्रपति सि चीनफिङसँग फोनवार्ता गरेका छन्। सिएनएनकाअनुसार वाइडेन र चीनफिङबीच शुक्रबार फोन संवाद भएको हो।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सल्लाहकार जेन साकीकाअनुसार दुई देशका राष्ट्रपतिबीच रुसले युक्रेनमाथि गरिरहेको आक्रमणको विषयमा संवाद भएको थियो।
अमेरिकी राष्ट्रपति वाइडेन र चिनियाँ राष्ट्रपति चीनफिङबीचको फोनवार्ता दुई देशबीचको संवादलाई निरन्तरता दिने कदम भएको प्रेस सल्लाहकार साकीले बताएका छन्।
अमेरिकी राष्ट्रपति वाइडेनले फोनवार्तामा चिनियाँ राष्ट्रपति चीनफिङलाई मस्कोमाथि दबाब सिर्जना गर्न र युद्ध रोक्न आग्रह गरेका छन्।
गत महिनाको २४ तारिखमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि विश्वका दुई ठूला देशका राष्ट्रपतिबीच भएको यो पहिलो फोन संवाद हो।
उक्त संवादमा चिनियाँ राष्ट्रपति चीनफिङलाई अमेरिकी राष्ट्रपति वाइडेनले रुसलाई गरिरहेको सैन्य सामग्री सहयोग पनि रोक्न भनेको सञ्चारमाध्यममा बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।