काठमाडौं- भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भक्तपुरको मध्यपुर ठिमि नगरपालिको गाउँब्लकमा रहेका भूमि विहीनहरुलाई आज जग्गा धनी दर्ता प्रमाण पूर्जा ९लालपूर्जा० वितरण गरेको छ।
मध्यपुर ठिमी नगरपालिका वडा नंम्बर ६ र ७ तथा साविकको वडा नं। ६ र ८ को गाउँब्लकमा रहेका भूमि विहीनहरुलाई लालपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षसम्ममा गाउँब्लकमा रहेका सबै भूमिहीनलाई लालपूर्जा वितरण गरिसक्ने गरी काम अगाडी बढाइएको जानकारी दिए।
मध्यपुर ठिमी नगरपालिकाको गाउँब्लकमा रहेका ४५६ घरपरिवारलाई लालपूर्जा वितरण गरिएको छ।
मन्त्री श्रेष्ठले संविधानमा भएको नागरिकको हक कार्यान्वयनलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा राखेको भन्दै जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई इमान्दार भएर लाग्न आग्रह गरिन्।
मन्त्री श्रेष्ठले भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यबस्थीत बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग मार्फत काम शुरु गरिसकेको भन्दै बारम्बार उठिरहने भूमि सम्बन्धी समस्या दिगो रुपमानै समाधान गर्न आफू लागिरहेको बताइन्।
उपत्यका र विशेष गरी भक्तपुरमा रहेका स्वबासी र बेनिस्साको समस्या समाधान गर्न प्रक्रिया सुरु गरिसकेको भन्दै मन्त्री श्रेष्ठले मुक्त कमैया, कमलरी, हरुवा र चरुवाको समस्या समाधान गर्न अध्ययन समिति बनाएर अध्ययन गर्ने काम भइरहेको र प्रतिवेदनले दिने सुझाव अुनसार काम अघि बढ्न आफू प्रतिबद्ध रहेको पनि बताइन्।
मन्त्री श्रेष्ठले यसअघि महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुषा, सुनसरी र चितवन र काठमाडौंको किर्तिपुर नगरपालिकाको गाउँब्लकमा रहेका भूमिहीनहरुलाई लालपूर्जा वितरण गरिसकेका छन्।
मन्त्री श्रेष्ठले मन्त्रालय संहालेपछि हालसम्म देशभरको गाउँब्लकमा रहेका १५ हजार घरपरिवारलाई लालपूर्जा वितरण गरि सकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।