काठमाडौं- चैतको अन्तिम साताबाट सुरू हुने नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताका लागि फ्रेन्चाइजी टोली एफसी चितवनले आइतबार ट्यालेन्ट हन्ट गर्ने भएको छ।
चितवनले आइतबार आफ्नो घरेलु मैदान नारायणगढस्थित क्याम्पामा ट्यालेन्ट हन्ट गर्न लागेको हो।
चितवन फुटबल संघको संयोजनमा हुन लागेको ट्यालेन्ट हन्टमा बिहान ११ बजेदेखि सुरु हुने जनाइएको छ।
सहभागी हुनका लागि २३ वर्ष मुनिका खेलाडीलाई आग्रह पनि गरेको छ।
कुनै पनि राष्ट्रिय लिग नखेलेको खेलाडीलाई छनोट गरि १ जनालाई टोलीमा समावेश गर्ने चितवनले जनाएको छ।
नेपाल सुपर लिगको दोस्रो संस्करण चैत २६ गतेदेखि सुरु हुँदै छ। यस संस्करणमा १० टिमले सहभागीता जनाउँदैछन्।
प्रतियोगिताका लागि सबै टोलीले खेलाडीहरु अक्सनमार्फत् लिइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।