काठमाडौं– हिमाली तथा पहाडी क्षेत्रमा बिहीबार मनाइएको होली देशको तराई–मधेश क्षेत्रमा आज मनाइँदैछ।
पहाडी क्षेत्रमा फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा आज प्रतिपदाका दिन तराई–मधेसका जिल्लामा मनाउने परम्परा छ। सरकारले तराईका जिल्लाहरुमा आज (शुक्रबार) सार्वजनिक बिदा दिएको छ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश बोेकेकोे फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ खेली मनाउने प्राचीन परम्परा छ।
केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण यो पर्ष सभ्य बनेको छ।
शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।