काठमाडौं– यौन धन्दामा संलग्न रहेको भन्दै कैलाली प्रहरीले ९ जना युवतीलाई पक्राउ गरेको छ।
कैलाली सदरमुकाम धनगढीमा रहेका होटलहरुमा छापा मारी यौन व्यवसायमा संलग्न ९ जना युवतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
धनगढीको एलएन चोकमा रहेको शाही होटल प्यालेस, ट्राफिक चोकमा रहेको सनराइज होटल, ट्राफिक चोकमै रहेको बुढिनन्दा बाजुरा होटल र क्याम्पस चोकमा रहेको प्रिन्स होटलमा छापा मार्दा यौन व्यवसायमा संलग्न ९ जना युवतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यौन व्यवसाय सञ्चालन गरेको भन्दै प्रहरीले ४ वटै होटलका सञ्चालकहरुलाई समेत पक्राउ गरेको छ।
पक्राउ परेकाहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।