काठमाडौं- रुसी सेनाले युक्रेनमा आक्रमण सुरु गरेपछि झन्डै २० लाख मानिस पोल्यान्ड छिरेका छन्। पोलिश सीमा सुरक्षा निकायका अनुसार पोल्यान्ड आएका झन्डैै पाँच लाख मानिस अन्यत्र गइसकेका छन्।
बुधवार मात्र ६० हजार मानिसले सीमा पार गरेको सीमा सुरक्षाबलले जनाएको छ। उक्त संख्या मंलबारको भन्दा ११ प्रतिशत कम हो।
बिहीबार जीएमटी ६ बजेसम्म १२ हजार जना युक्रेनबाट पोल्यान्ड प्रवेश गरेका थिए। बुधबार सोही अवधिमा सीमा पार गर्ने मानिसको संख्या १३ हजार ६०० थियो।
पोल्यान्ड छिरेका अधिकांश शरणार्थीहरू वार्सा, क्राको र व्रोक्लाजस्ता ठूला सहरमा गएको वार्सा विश्वविद्यालयमा कार्यरत आप्रवासनसम्बन्धी अनुसन्धानकर्ता प्राध्यापक माचे दुश्चकले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।