काठमाडौं– नेपाली बजारमा आज सुन तथा चाँदी दुबैको मूल्य बढेको छ। बुधबार अघिल्लो दिनको तुलनामा १२ सयले घटेको सुनको मूल्य आज ५ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ।
बुधबार ९९ हजार ३ सयमा कारोबार भएको सुन आज प्रतितोला ९९ हजार ८०० रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार ३ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।
चाँदी आज २० रुपैयाँले बढेर प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।