काठमाडौं– दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ। गैंडाको आक्रमणबाट बाँच्न पोखरीमा हाम फालेका सेनाका जवान पवन कटुवालको बुधबार बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खोटाङ घर भई निकुञ्ज सुरक्षार्थ खड्गदल गणको साइली माइली पोस्टमा कार्यरत २६ वर्षीय जवान कटुवालको मृत्यु भएको हो।
निकुञ्जभित्र गस्ती जाने क्रममा गैँडाले आक्रमण गर्न खोज्दा उनी दलदलमा हाम फालेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।