काठमाडौं– हाल देशभर मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा बिहार तथा आसपासका क्षेत्रको निम्न चापीय प्रणालीेको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ।
आज (बिहीबार) दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ।
अपराह्नतिर देशको पहाडी भू–भागको केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।
आज राति मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।