काठमाडौं- जापानको उत्तरपूर्वी भागमा शक्तिशाली भूकम्प गएको छ। फुकुसिमा क्षेत्रनजिक केन्द्रविन्दु बनाएर बुधबार राति ७.३ म्याग्नेच्युडको भूकम्प गएको हो।
जापानको सरकारी च्यानल एनएचकेका अनुसार भूकम्पको धक्का राजधानी टोकियोमा पनि महसुस गरिएको थियो।
जापानको उत्तरपूर्वी क्षेत्रमा भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ।
सोही क्षेत्रमा सन् २०११ मा भूकम्प गएको थियो। जसका कारण फुकुसिमा आणविक केन्द्रमा रेडियोधर्मी पदार्थ चुहावट भएको थियो।
भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।