कर्णाली– सुर्खेतस्थित भेरी नदीमा बेपत्ता भएका तीन बालबालिकामध्ये एक जनाको शव फेला परेको छ। शनिबार पौडी खेल्ने क्रममा बेपत्ता भएका लेकबेँसी नगरपालिका–५ नेटाका आठ वर्षीय दिनेश बुढामगरको शव बुधबार भेरी पुलनजिक भेटिएको हो।
बेपत्ता बालबालिकाको खोजीका लागि सुर्खेत नम्बर ३२ रक्तकाली गणबाट विपद् उद्धार तथा बाँकेको शम्शेरगञ्जस्थित रिजर्भ गणबाट गोताखोर टोली परिचालन गरिएको थियो। मेहेलकुना अस्पतालमा परीक्षणपछि शव परिवारलाई बुझाइएको रक्तकाली गण सुर्खेतका प्रमुख विमल डाँगीले जानकारी दिए।
दिनेशसँगै बेपत्ता भएका भेरीगङ्गा नगरपालिका–११ रामघाटका १० वर्षीया गंगा खड्का र आठ वर्षीया कृष्णा सिञ्जालीको शव अझै भेटिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।