काठमाडौं- बंग बन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन १० पुरुष खेलाडीसहित १५ सदस्यीय नेपाली टोली बिहीबार बंगलादेशको ढाका जाने भएको छ।
खेलाडीहरुमा कल्याण भुजेल, प्रवीण खड्का, नागेश्वर थारु, रन्जित गज्मेर, रामु टमाटा, अजय मानन्धर, प्रदीप मिजार, कुमार लामा, बन्धु राणा र लालमोहन यादव रहेका छन्।
प्रशिक्षकमा पार्वती राई, अफिसियलमा प्रकाशप्रसाद शाह र अर्विन्दकुमार झा, व्यवस्थापक रामकेवल मुखियाँ तथा जजमा विनोद प्रजापति छन्।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापाले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे। प्रतियोगिता मार्च १६ देखि २५ तारिखसम्म हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।