काठमाडौं- बेल्जियन ओपन जि– २ तेक्वान्दोमा प्रतियोगितामा सहभागी हुन ६ पुरुष खेलाडीसहित १० सदस्यीय नेपाली तेक्वान्दो टोली बिहीबार बेल्जियमको लोमेल प्रस्थान गर्दैछ।
चैत ५ देखि ६ गतेसम्म हुने प्रतियोगिताको ८० केजीमुनि धनबहादुर दराई, ७४ केजीमा दीपेन्द्रबहादुर नेपाली, ६८ केजीमा शिशिर श्रेष्ठ र वीरबहादुर महरा, ६३ केजीमा अब्बास खान तथा ५४ केजीमा महोहम्मद उमर खानले नेपालको चुनौती पेस गर्ने छन्। टोलीमा २ खेलाडी १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता छन्। १३औं सागमा वीरबहादुरले स्वर्ण तथा शिशिरले कास्य जितेका थिए।
टोली प्रमुखमा गोपाल श्रेष्ठ, प्रशिक्षकमा क्वान यङ दल र रोशन खान तथा व्यवस्थापकमा सैलेश श्रेष्ठ रहेका छन्। ग्योरोगीका सेकेन्ड क्लास निर्णायक अशोक खड्का र रविन्द्र मल्ल तथा दीपेन्द्र ढकालले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।