काठमाडौं- रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले युक्रेनसँग शान्तिवार्ता सहज नभए पनि आफूलाई सम्झौताको आशा भएको बताएका छन्।
आरबीसी समाचारलाई अन्तर्वार्ता दिँदै लाभ्रोभले सम्झौताको आशा बाँकी रहेको बताएका हुन्।
‘हाम्रा वार्ताकारहरूले दिएको मूल्याङ्कनका आधारमा मैले धारणा बनाइरहेको छु,’ उनले भने,‘उनीहरूका अनुसार केही स्वाभाविक कारणले गर्दा सहमति सहज छैन। यद्यपि, सम्झौताको आशा बाँकी नै छ।’
युक्रेनको तटस्थता र असैनिकीकरणका साथै पूर्वी युक्रेनका मानिसहरूको सुरक्षाबारे आफूहरूको चासो रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।