काठमाडौं– न्युजिल्याण्डले पर्यटकहरूका लागि सिमा नाका खुला गर्ने भएको छ। कोरोनाभाइरस महामारीका कारण लामो समयदेखि बन्द रहेको सीमा नाका अप्रिल १२ देखि खुला गर्ने निर्णय भएको हो। महामारी कम भएको ठहर गर्दै सीमा नाका खुला गर्ने निर्णय भएको सरकारी अधिकारीले बताएका छन्।
विदेशी पर्यटकलाई प्रवेशमा रोक लगाउँदा अर्थतन्त्रमा समेत नकारात्मक असर परेकाले अर्थतन्त्रमा सुधार गर्न पनि सीमा नाका खुल्ला गर्नुपरेको अधिकारीले जनाएका छन्।
सबै भन्दा पहिले छिमेकी मुलुक अष्ट्रेलियाका नागरिकलाई न्युजिल्याण्ड घुम्न दिने गरी नाा खोल्ने निर्णय गरिएको समाचारहरुमा उल्लेख छ।
न्युजिल्याण्डले दोस्रो चरणमा बेलायत, अमेरिका, जापान, जर्मनी, दक्षिण कोरिया र सिंगापुरका पर्यटकहरुलाई प्रवेश खुला गर्ने भएको हो। तर, न्युजिल्याण्ड प्रवेशका लागि अनिर्वाय खोप लगाएको हुनुपर्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।