काठमाडौं- युक्रेनमाथि आक्रमण गरिरहेको रुसले अमेरिकी राष्ट्रपति जो वाइडेनसहित १३ उच्च अधिकारीमाथि प्रतिबन्ध लगाएको छ।
अमेरिकासहितका पश्चिमा राष्ट्रहरुले रुसमाथि कडा आर्थिकसहितको प्रतिबन्ध लगाएकाले त्यसको जवाफल दिएको उसले जनाएको छ।
रुसको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति बाइडेनसहित उनको सरकारका शीर्ष मन्त्रीहरुमाथि प्रतिबन्ध लगाइएको जनाएको छ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन, रक्षामन्त्री लोयड अस्टिन, ह्वाइट हाउस प्रवक्ता जेन साकीसहितलाई रुसले प्रतिबन्ध लगाएको जनाएको छ।
त्यससँगै रुसले अमेरिकी सरकारी अधिकारीलाई मात्र नभएर पार्टीका नेता तथा परिवारका सदस्यलाई पनि प्रतिबन्धन लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। रुसले पूर्वविदेशमन्त्री तथा राष्ट्रपति उम्मेदवार रहिसकेकी नेतृ हिलारी क्लिन्टन तथा बाइडेनका छोरा हन्टर बाइडेनमाथि प्रति प्रतिबन्ध लगाएको छ।
यसअघि नै पश्चिमाहरुले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायतमाथि प्रतिबन्धन लगाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।