काठमाडौं- हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ।
देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा अपराह्नतिर मेघ गर्जन \ चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।