चितवन- माहुरीको टोकाईबाट १६ पर्यटक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार सौराहास्थित हात्तीसार भ्रमणमा रहेका सिन्धुलीबाट आएका आन्तरिक पर्यटकलाई जङ्गली खाग माहुरीले टोकेको हो।
कार्यालयका अनुसार उनीहरुलाई रत्ननगर नगरपालिका–६ स्थित हात्तीसारमा माहुरीले टोकेको हो। घाइते सबैको बकुलर अस्पतालमा उपचार भइरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।