१. कम्युनिस्ट एकता भनेर गीत गाउनु बेकारको तमासा भएको ओलीको भनाइ, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई कम्युनिस्ट भन्न नहुने तर्क, जिस्काउने कुरा नगर्न घनश्याम भूसाललाई जवाफ । ( घनश्याम भूसाललाई ओलीको जवाफ)
२. शिक्षकबाट निजामती कर्मचारी हुँदै मन्त्रीसम्म भएका रामकुमार श्रेष्ठको ग्यासदेखि क्रसर उद्योगसम्म लगानी, सम्पत्तिदेखि बैंकको बचतसम्म जफत गर्न अख्तियारको मागदाबी । (पूर्वमन्त्रीको अस्वाभाविक सम्पत्ति)
३. कक्षा १० सम्मका सबै परीक्षा २०७९ वैशाखमा सञ्चालन गर्न शिक्षा मन्त्रालयको निर्देशन, वैशाखभित्रै नतिजा प्रकाशन गर्नुपर्ने, नयाँ शैक्षिक सत्र जेठ १ देखि मात्र । ( शिक्षा मन्त्रालयको निर्देशन)
४. रुसी निसानामा आवासीय भवनहरु, हवाई आक्रमण हुँदा दुई जनाको मृत्यु, ३५ जनाको उद्धार, युक्रेनको दक्षिणी खेअर्सन क्षेत्र रुसी सेनाको पूर्ण नियन्त्रणमा आएको दाबी । (रुसी निसानामा आवासीय भवनहरु)
५. र, सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिग अन्तर्गत मध्यपुर युथ एसोसियसनविरुद्ध सरस्वती युथ क्लबको तेस्रो जित, जितसँगै सरस्वती लिग तालिकाको शीर्ष स्थानमा । (सरस्वती शीर्ष स्थानमा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।