काठमाडौं- साउदी अरेबियाका विदेशमन्त्री समेत रहेका राजकुमार फैसल बिन फरहान अल साउद स्वदेश फर्किएका छन्।
दुई दिने भ्रमणका लागि सोमबार साँझ नेपाल आएका साउद मंगलबार अपराह्न स्वदेश फर्किएका हुन्।
परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले विमानस्थलमा उनलाई बिदाइ गरे।
नेपालमा रहँदा विदेशमन्त्री साउदले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए।
यसैबीच नेपाल र साउदी अरवबीच जनरल को-अप्रेसन एग्रिमेन्ट (सहयोग सम्झौता)मा हस्ताक्षर भएको छ। मंगलबार बिहान सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरब परराष्ट्रमन्त्री स्तरीय बैठकमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदी अरबका तर्फबाट राजकुमारसमेत रहेका साउदी विदेशीमन्त्री फैजल बिन फरहान अल साउदले हस्ताक्षर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।