काठमाडौं- दोस्रो ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फूल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न भएको छ।
नेपाल बालकुमारी क्योकुशिन कराते संघद्वारा आयोजित प्रतियोगितामा पुरुष खुला तौल समूहतर्फ रूपक नेपाली प्रथम र शनी सिंह दोस्रो भए।
पुरुष ५५ केजी तौल समूहमा ओम तामाङ प्रथम र रोशन गोतामे द्वितीय तथा पुरुष ६० केजी तौल समूहमा हितेश राना मगर प्रथम र सञ्जयकुमार गुप्ता द्वितीय भए।
यसैगरी महिलातर्फ ५० केजी तौल समूहमा शान्ति थापा मगर प्रथम र एकता कुमाल द्वितीय, महिला ५५ केजी तौल समूहमा रोहिणी कस्ती प्रथम र वन्दना तामाङ द्वितीय तथा खुलातर्फ मञ्जु विक प्रथम र सुस्मिता सुनुवार द्वितीय भए।
प्रतियोगितामा प्रथम हुनेले १५ हजार, शिल्ड र प्रमाणपत्र तथा दोस्रो र तेस्रो हुनेले क्रमश: १० र ५ हजार नगद प्राप्त गरे।
ललितपुरको मंगलबजारस्थित हखामा फागुन २७ र २८ गते दुई दिनसम्म चलेको प्रतियोगितामा नेपालका विभिन्न जिल्लाबाट २ सय खेलाडीको सहभागिता थियो।
प्रतियोगिताको उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आगामी वर्ष आयोजना हुने तेस्रो संस्करणको प्रतियोगिताका लागि रातो किताबमा नै उल्लेख हुने गरी बजेट विनियोजन गर्ने बताएका थिए।
प्रतियोगिताको समापनपश्चात पहिलोपटक गोलाप्रथाबाट स्वर्गीय रामजीप्रसाद बज्राचार्य स्मृति पुरस्कार समेत प्रदान गरियो।
प्रथम हुने महिला तथा पुरुषतर्फका ६ जनाबीच गोलाप्रथा गर्दा आर्मीकी शान्ति थापा मगरले ५० हजार राशिको उक्त पुरस्कार प्राप्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।