काठमाडौं- रुसको एक सरकारी टेलिभिजनको बेलुकीको एक कार्यक्रमका क्रममा एक महिला हातमा युद्धविरोधी पोष्टर लिएर समाचार वाचकका पछाडि उभिइन्।
पोष्टरमा लेखिएको थियो, 'युद्ध नगर, युद्ध रोक। प्रोपोगान्डामा भरोसा नगर्नुहोस्, यिनीहरु तपाईंसँग झुठो बोलिरहेका छन्।'
ती महिलाको नाम मरिना ओवस्यानिकोवा बताइएको छ। उनी त्यही च्यानलकी सम्पादक समेत हुन्।
रुसका सबै टेलिभिजन सरकारको कडा निगरानीमा छन्। रुस-युक्रेन युद्धका विषयलाई लिएर रुसको पक्षका कुरा मात्रै देखाइन्छ।
त्यसपछि ओवस्यानिकोवा प्रहरी हिरासतमा रहेको ठानिएको छ। कार्यक्रमका क्रममा उनी भनिरहेकी छिन्, 'नो टु वार', स्टप द वार!'
यसको केही समयमै कार्यक्रम निर्देशक त्यही बीचमा आएर रोक्दै रेकर्डेड कार्यक्रम चलाइदिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।