काठमाडौं– कोरोना नियन्त्रणमा आएसँगै माल्दिभ्सले यसअघि लगाएको विभिन्न प्रतिबन्धहरु फुकुवा गरेको छ। पछिल्लो समयमा त्यहाँको स्वास्थ्य सुरक्षा निकाय (एचपीए)ले कोभिड नियन्त्रणका लागि अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्थालाई अन्त्य गरेको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।
कोभिड–१९ महामारीका कारण सन् २०२० को डिसेम्बरदेखि सार्वजनिक स्थलमा मास्क अनिवार्य लगाउनुपर्ने नियम लगाइएको थियो।
राष्ट्रपति इब्राहिम मोहमद सोलिहले आइतबार देशभर कोभिड–१९ नियन्त्रणका लागि लागू गरिएको सार्वजनिक स्वास्थ्यका लागि आकस्मिक व्यवस्था हटाउने निर्णयको घोषणा गरेपछि अनिवार्य रूपमा मास्क लगाउनु पर्ने निर्देशन संशोधन गरेको हो।
सार्वजनिक स्थानमा मास्क लगाउनु अब अनिवार्य नभए पनि ठूला जमघट जस्ता अवस्थामा लगाउनु उचित हुने एचपीएले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।