काठमाडौं- नटराजन चन्द्रशेखरन एयर इन्डियाको अध्यक्षमा नियुक्त भएका छन्। टाटा समूहको सोमबार बसेको बोर्ड बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो।
यसअघि टाटा समूहले टर्कीका इल्कर आईसीलाई एयर इन्डियाको प्रमुख कार्यकारीको रूपमा नियुक्त गरेको थियो। तर, यो नियुक्तिलाई लिएर भारतमा धेरै विरोध भएको थियो, जसका कारण आईसीले उक्त पद लिन अस्वीकार गरेका थिए।
चन्द्रशेखरन टाटा सन्सका अध्यक्ष हुन्। उनी अक्टोबर २०१६ मा टाटा सन्स बोर्डमा आवद्ध भएका थिए। जनवरी २०१७ मा, उनी अध्यक्ष नियुक्त भए। त्यसपछि उनी साइरस मिस्त्रीको स्थानमा आए, जसलाई अक्टोबर २०१६ मा पदबाट हटाइएको थियो।
चन्द्रशेखरन टाटा स्टील, टाटा मोटर्स, टाटा पावर र टाटा कन्सल्टेन्सी सर्भिसजस्ता समूह सञ्चालन गर्ने कम्पनीका बोर्डका अध्यक्ष पनि हुन्।
टाटा कन्सल्टेन्सी सर्विसेज (टीसीएस) मा ३० वर्ष लामो अनुभवपछि चन्द्रशेखरनलाई अध्यक्षमा नियुक्त गरिएको हो।
कलेजपछि चन्द्रशेखरन १९८७ मा टाटामा आवद्ध भएका थिए। र, २००९ मा टीसीएसको प्रमुख कार्यकारी बने। चन्द्रशेखरन टाटा समूहको प्रमुख हुने पहिलो गैर-पारसी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।