काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सोमबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ५ हजार ४ सय १८ जनामा गरिएको परीक्षणका क्रममा ५८ जनामा संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार १४८ जना कोरवना संक्रमणमुक्त भएका छन् भने मृत्यु शून्य रहेको छ। सक्रिय संक्रमितको संख्या ४ हजार ८ सय १९ रहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।