काठमाडौं- उत्तर कोरियाले आफ्नो सबैभन्दा ठूलो अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल (आईसीबीएम) प्रणालीको परीक्षण सुरु गरेको छ।
अमेरिकी र दक्षिण कोरियाली अधिकारीहरुका अनुसार २०१७ पछि पहिलो पटक उत्तरले पूर्ण आईसीबीएम परीक्षण गर्न लागेको दाबी गरेको रोयटर्सले जनाएको छ।
सियोल र वाशिंगटनमा अधिकारीहरुले फेब्रुअरी २७ र मार्च ५ मा ह्वासोंग-१७ आईसीबीएम प्रणाली शामिल रहेको दाबी गरेका छन्। तर यसको पूर्ण क्षमता या सीमाको परीक्षण नगरिएको उनीहरुको अनुमान छ।
उत्तर कोरियाले ति प्रक्षेपणमा कस्ता खालका रकेटको प्रयोग गरिएकोबारे उल्लेख गरेको छैन। तर एक विकासात्मक जासुसी उपग्रह प्रणालीको परीक्षण गरिरहेको जनाएको थियो।
उत्तर कोरियाले पहिलो पटक अक्टोबर २०२० मा एक भव्य सैन्य परेडमा पहिला नदेखिएको आइसीबीएमको अनावरण गरेको थियो। विश्लेषकहरुले यो उत्तर कोरियाको आईसीबीएम ह्वाङसङ्ग-१५ को तुलनामा निकै ठूलो भएको बताएका थिए जसको परीक्षण २०१७ मा गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।