काठमाडौं- पोलिस बोर्डर गार्ड एजेन्सीले युक्रेनबाट अहिलेसम्म साढे १७ लाख भन्दा धेरै मानिस पोल्याण्ड पुगेको जनाएको छ।
एजेन्सीले सोमबार दिएको जानकारी अनुसार युक्रेनमा रुसी आक्रमण सुरु भएयता सीमा नाका भएर साढे १७ लाख भन्दा धैरै मानिस पोल्लाण्ड पुगेका हुन्।
बार्सा युनिभर्सिटीका वाइस रेक्टर फर रिसर्च माचिक दुश्चिकका अनुसार १० लाख मानिस पोल्याण्डमा रोकिएका छन् भने अरु अन्य देशमा गएका छन्।
बोर्डर गार्ड एजेन्सीले ट्वीटमा आइतबार सीमा पार गरेर ८२ हजार १ सय मानिस आएको जनाउँदै उक्त संख्या शनिबार ७९, ८०० भएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।