काठमाडौं– साताको दोस्रो कारोबार दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक १० अंक बढेको छ।
आइतबार १०१.०७ अंक बढेर २६६७.९७ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा ९.९९ अंक बढेर २६७७.९७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.५० अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा २० कम्पनीको ४१ लाख ६१ हजार ४० रुपैयाँ ६० पैसा बराबरको २ हजार ९४९ कित्ता शेयर खरिदबिक्री भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।