काठमाडौं– नेपाली कांग्रेस सर्लाहीको सभापतिमा संस्थापन पक्षका सुरेन्द्रप्रसाद सिंह विजयी भएका छन्। आइतबार राति सम्पन्न मतगणनाबाट उनी सभापतिमा विजयी भएका हुन्। एक उपसभापतिबाहेक सबै पदाधिकारीमा संस्थापन पक्ष विजयी भएको जनाइएको छ।
सभापतिमा विजयी सिंहले १७ सय ५८ मत पाए भने संस्थापनइतरका प्रत्यासी लक्ष्मण रायले १३ सय ७८ मत मात्र पाए। निर्वाचन समितिका अनुसार ३ हजार २७५ मतमध्ये ३ हजार १७४ मत खसेको थियो।
उपसभापतिमा विजयी नवीन अधिकारी र डा. सरोजकुमार विजयी भएका छन्। अधिकारी संस्थापनइतका हुन्। सचिवमा संस्थापनका निरज कार्की र मनोज यादव विजयी भएका छन्।
त्यसैगरी, सहसचिवमा संस्थापनकै इन्द्रबहादुर योञ्जन र सुनिलकुमार कुशवाहा विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।